दरमखोला हाइड्रोको आईपीओ साउन २९ गते बाँडफाँड हुने
दरमखोला हाइड्रोको आईपीओ साउन २९ गते बाँडफाँड हुने
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २७ साउन । दरमखोला हाइड्रो इनर्जीको आईपीओ साउन २९ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले साउन २९ गते बिहीबार बिहान आईपीओ बाँडफाँडको तयारी गरेको हो ।
कम्पनीको आइपीओमा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । जुन यो मागभन्दा साढे ११ गुणा बढी हो । आवेदकमध्ये २१ लाख ३० हजार भन्दा बढीको हात खाली हुनेछ ।
यस आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०।१० कित्ताका दरले सेयर हात पार्नेछन् । जसमा सोहि मध्यका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता सेयर हात पार्नेछन् ।
प्रतिक्रिया