खोलामा डुबेर दाजुभाइको मृत्यु
खोलामा डुबेर दाजुभाइको मृत्यु
गण्डकी टाइम्स
गण्डकी टाइम्स
पर्सा, २८ साउन। पर्सामा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। ठोरी गाउँपालिका–२ स्थित ढेँडुखोलामा डुबेर मंगलबार दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिए।
खोलामा पौडी खेल्ने क्रममा स्थानीय मनोज कठायतका ८ वर्षीय छोरा अंश र ४ वर्षीय छोरा आयांस कठायतको मृत्यु भएको हो। उनीहरूलाई स्थानीयले खोलाबाट बाहिर निकालेर ठोरीस्थित स्वास्थ्य चौकीमा पुर्याउँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका हुन्।
घटनाको थप अनुसन्धान सुरु गरिएको र दुवै बालकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया