२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

आयो बिष्णु माझीको नयाँ तिज गीत (भिडियोसहित)

आयो बिष्णु माझीको नयाँ तिज गीत (भिडियोसहित)

गण्डकी टाइम्स
बुधवार, श्रावण २८ २०८२
गण्डकी टाइम्स
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं, २७ साउन । गायिका बिष्णु माझीको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘म त नराउरी’ बोलको गीत आज युट्यूव मार्फत सार्वजनिक भएको हो। सदा झैं यो गीतमा पनि बिष्णुका पति सुन्दरमणी अधिकारीको शब्द र संगीत रहेको छ । यसपाली पनि उनले तिज गीतमा छोरीको बेदना र लैंगिक विभेदकै विषयवस्तु समाएका छन् । गीतका शब्दहरु मार्मिक भए पनि लय र भिडिओको अवधारणामा भने नयाँपनको अभाव छ ।भिडिओमा प्रमुख मोडेलको रुपमा ललिता पौडेलले नै अभिनय गरेकी छन्, जो सँधै बिष्णु माझीका पछिल्ला तिज गीतमा लगातार देखिँदै आएकी छन् । एउटै मोडल र पुरानो ढर्राको कोरियोग्राफीले गर्दा फरकपनको आभास हुन सकेको छैन । भिडिओ हेर्दा पहिले धेरैपटक हेरेकोजस्तो महसुस हुन्छ । बिष्णु माझीको गायिकीमा उनकै सिग्नेचर स्टाइल छ । उनका पारखीहरु भने पक्कै तृप्त हुनेछन् । हेर्नुस् भिडियो : https://www.youtube.com/watch?v=jINNUJzvTaM&list=RDjINNUJzvTaM&start_radio=1&ab_channel=SapanaMusicIndustries

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij