२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु

बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु

गण्डकी टाइम्स
आइतवार, भाद्र १ २०८२
गण्डकी टाइम्स
आइतवार, भाद्र १ २०८२
  • काठमाडौं, २ भदौ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । सोमबार (भदौ २) बिहान करिब पौने २ बजे बूढानीलकण्ठ–७, स्पेसलचोकमा मोटरसाइकल र स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ । प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल र वाग्मती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर ठोक्किएको हो । दुर्घटनामा दुवै साधनमा सवार पाँचजना घाइते भएका थिए । उनीहरूलाई उपचारका निम्ति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिरहाका २९ वर्षीय भोला थापा र परिचय खुल्न बाँकी रहेका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन घाइतेको उपचार जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij