२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कांग्रेस-एमालेको गठबन्धनलाई पराजित गर्दै एनएमए अध्यक्षमा फुर ग्याल्जे शेर्पा बिजयी

कांग्रेस-एमालेको गठबन्धनलाई पराजित गर्दै एनएमए अध्यक्षमा फुर ग्याल्जे शेर्पा बिजयी

गण्डकी टाइम्स
शनिवार, भाद्र ७ २०८२
गण्डकी टाइम्स
शनिवार, भाद्र ७ २०८२
  • काठमाडौं, ८ भदौ । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुर ग्याल्जे शेर्पा विजयी भएका छन् । शेर्पाले निकटतम प्रतिस्पर्धी कुल बहादुर गुरुङलाई पराजित गर्दै बिजयी भएका हुन् । शेर्पाले तीन सय ४२ मत र गुरुङले दुई सय ८८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यसैगरी सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन् । त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ । शेर्पा समूहले कांग्रेस-एमाले र एकीकृत समाजवादीको सयुक्त गठबंधनलाई पराजित गरेको हो । शेर्पालाई माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतले समर्थन गरेका थिए । प्रथम उपाध्यक्ष र एक सदस्यबाहेक फुर गेल्जे शेर्पा समूहले जित निकालेको छ कसको मत कति:  अध्यक्ष फुर गेल्जे शेर्पा: ३४२ (विजयी) कुल बहादुर गुरुङ: २८८ वरिष्ठ उपाध्यक्ष इश्वरी पौडेल: ३४५ (विजयी) टिका गुरुङ: २५८ प्रथम उपाध्यक्ष काजी शेर्पा: २५६ मिङ्मा ग्याबो शेर्पा: ३५९ (विजयी) द्धितीय उपाध्यक्ष बोध राज भण्डारी: ३६८ (विजयी) धन बहादुर गुरुङ:२३८ महासचिव राजेन्द्र बहादुर लामा: ३१८ (विजयी) विमल नहर्की: २०९ शिव सापकोटा: ६८ सचिव चन्दन थापा: ३५८ (विजयी) ङिमा दिकी शेर्पा: २४४ कोषाध्यक्ष ङिमा नुर्बु शेर्पा: ३०४ सुमी लामा: ३०४ (कोषाध्यक्षको बराबरी भएकाले आधा-आधा कार्यकाल) सदस्य (विजयी) माधवकुमार धमला: २७८ केदार न्यौपाने: ३०२ थुप्देन शेर्पा: ३२६ गोकुल थापा: २८८ मुलाल गुरुङ: ३५१ देण्डी शेर्पा: ३११ विक्रम कार्की: ३०६ रिञ्जे शेर्पा: ३०१ देवेन्द्र डंगोल: २९५ दिकी शेर्पा: २८८ निशा भोटे: ३०७

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij