सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २० भदौ । आज शुक्रबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यस दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो ।
अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो ।
प्रतिक्रिया