२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

जेलेन्स्कीलाई ट्रम्पको चेतावनी : पुटिनका सर्त स्वीकार नगरे रूसले युक्रेन ध्वस्त बनाउँछ

जेलेन्स्कीलाई ट्रम्पको चेतावनी : पुटिनका सर्त स्वीकार नगरे रूसले युक्रेन ध्वस्त बनाउँछ

गण्डकी टाइम्स
सोमवार, कार्तिक ३ २०८२
गण्डकी टाइम्स
सोमवार, कार्तिक ३ २०८२
  • वासिङ्टन, ३ कात्तिक। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई रूसका सर्त स्वीकार गर्न आग्रह गरेका छन्। उनले चेतावनीको भाषामा यदि युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सर्त नमाने रूसले युक्रेनलाई ध्वस्त पार्ने बताएका छन् । यो कुराबारेको समाचार फाइनान्सियल टाइम्सले आइतबार छापेको छ । रिपोर्टका अनुसार शुक्रबार व्हाइट हाउसमा बन्द ढोकाभित्र भएको गोप्य बैठकमा ट्रम्पले जेलेन्स्कीलाई पूर्वी डोनबास क्षेत्र रूसलाई सुम्पिन सुझाएका थिए। बैठकका क्रममा ट्रम्पले युक्रेनी सैन्य मोर्चाका नक्शासमेत टेबलमा फ्याँकेका थिए। बैठक केही क्षणमा झगडाझैँ माहोलमा पुगेको बताइएको छ, जहाँ ट्रम्प लगातार आक्रोशमा बोल्दै गालीगलौज समेत गरेका थिए। रिपोर्ट अनुसार बैठकअघि एक दिन अर्थात् अक्टोबर १६ मा पुटिनले ट्रम्पसँग फोनमा कुरा गर्दै डोनबास क्षेत्र रूसलाई दिने सर्त अघि सारेका थिए। पुटिनले भनेका थिए, ‘यदि युक्रेनले डोनबास सुम्पिए बदलामा खेरसान र जापोरिजियाका केही भाग युक्रेनलाई फिर्ता दिइनेछ। यसअघि सन् २०२४ मा पुटिनले सम्पूर्ण डोनबास, खेरसान र जापोरिजियामाथि आफ्नो नियन्त्रणको माग गरेका थिए। तर, अन्त्यमा जेलेन्स्कीले ट्रम्पलाई मनाएर वर्तमान सीमामा युद्ध रोक्ने सहमति गराएको रिपोर्टमा जनाइएको छ। जेलेन्स्की युद्ध जारी राख्न अमेरिकी हतियार सहयोगको अपेक्षामा व्हाइट हाउस पुगेका थिए। तर राष्ट्रपति ट्रम्प शान्ति सम्झौतामाथि बढी ध्यान दिइरहेका थिए। जेलेन्स्कीले रूससँगको युद्धका लागि टमहक मिसाइल मागेका थिए । तर ट्रम्प त्यसका लागि तयार भएनन् । भने,‘म चाहन्छु, युक्रेनलाई कहिल्यै टमहकको आवश्यकता नै नपरोस्।’ जेलेन्स्कीले त्यसको बदलामा युक्रेनमा बनेका हजारौँ ड्रोन दिन प्रस्ताव गरे, जसमा ट्रम्पले सहमति जनाए। तर उनले स्पष्ट पारे–युक्रेनलाई लामो दूरीका हतियार दिँदा दुई देशबीचको तनाव अझ बढाउनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij