२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

प्रचण्डले माओवादी पार्टीलाई माधवकुमार समक्ष आत्मसमर्पण गराए: जनार्दन शर्मा

प्रचण्डले माओवादी पार्टीलाई माधवकुमार समक्ष आत्मसमर्पण गराए: जनार्दन शर्मा

गण्डकी टाइम्स
मंगलवार, कार्तिक १८ २०८२
गण्डकी टाइम्स
मंगलवार, कार्तिक १८ २०८२
  • काठमाडौं, १८ कात्तिक । नेकपा (माओवादी केन्द्र) का पूर्व वरिष्ठ नेता जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि माओवादी सिद्धान्तबाट विचलित भएको आरोप लगाएका छन्। माओवादी केन्द्रबाट अलग्गिएर ‘प्रगतिशिल अभियान नेपाल’ घोषणा गर्दै शर्माले प्रचण्डले अब माओवादी होइन, माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको दाबी गरे। अभियान घोषणा कार्यक्रममा बोल्दै शर्माले भने, “हाम्रो अध्यक्ष प्रचण्ड माओवादी पार्टी छाडेर माधव नेपालजीको नीतिमा आत्मसमर्पण गर्नुभयो। उहाँ उतै जानुभयो, हामीले त्यो कुरालाई स्वीकार गर्न सकेनौँ।” शर्माले आफ्नो नयाँ अभियानले “माओवादी आन्दोलनका मूल आदर्श र जनपरिवर्तनका सपना” पुनःस्थापित गर्ने लक्ष्य लिएको बताए। उनका अनुसार अहिलेको माओवादी नेतृत्व सत्ताको राजनीति र अवसरवादमा केन्द्रित भएको छ, जसका कारण क्रान्तिको उद्देश्य हराउँदै गएको छ। ‘प्रगतिशिल अभियान नेपाल’ले निकट भविष्यमा देशव्यापी संरचना बनाउँदै वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने तयारी गरेको बताइएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार शर्माको यो कदमले माओवादी केन्द्रभित्रको असन्तोष सतहमा आएको देखाउँछ। प्रचण्ड नेतृत्वको पार्टी भित्र वैचारिक एकता कमजोर भएको र नेताहरूबीच विश्वास संकट चुलिएको संकेत यस घोषणाले दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij