२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

ढुंगेलको सनसनीपूर्ण अन्तर्वार्ता : उज्जनको घटना हुदा म काठमाडौंमा थिएँ

ढुंगेलको सनसनीपूर्ण अन्तर्वार्ता : उज्जनको घटना हुदा म काठमाडौंमा थिएँ

गण्डकी टाइम्स
शुक्रवार, जेठ १८ २०७५
गण्डकी टाइम्स
शुक्रवार, जेठ १८ २०७५
  • गणतन्त्र दिवसका दिन कैद मिनाहा भई जेलमुक्त भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बालकृष्ण ढुंगेल यतिबेला चर्चाको केन्द्रमा छन् । उनी जेलमुक्त भएको विषय राष्ट्रिय बहसको विषय बनिरहेको छ । यही विषयमा केन्द्रित रहेर हामीले ढुंगेलसँग कुराकानी गर्‍यौं । ४० मिनेट लामो कुराकानीका क्रममा उनले आफ्नो जेल जीवनका वृतान्त मात्र सुनाएनन्, राष्ट्रिय राजनीति, एमाले–माओवादी एकता र आफ्नो भविष्यको मार्गचित्रसमेत प्रस्तुत गरे । अत्यन्तै भावुक र काव्यिक रुपमा प्रस्तुत भएका ढुंगेलसँग मनहरि तिमिल्सिनाले गरेको कुराकानी यहाँ प्रकाशित गरेका छौं । साभार : उज्यालोनेपाल डटकम  गणतन्त्र दिवसको दिन नेपाल सरकारको सिफारिसमा तपाई जेलमुक्त हुनुभयो । रिहाइपछिको अनुभूति कस्तो छ ? ठीकै छ, अब सामानय जीवनमा फर्कने कोशिस गरिराखेको छु । अस्वस्थ्यता, लामो समय वर्गसंघर्षमा सामेल भएको एक योद्धा, जुन युद्धको भूमरिबाट यहाँसम्म आइपुगें, त्यही गणतन्त्र नेपाल निर्माण गरिसकेपछि आफैले लडेर ल्याएको व्यवस्थाभित्र आफै अपराधी बनेर राजनीतिक आन्दोलनमा लागेका केशहरुलाई अदालतले ऐनका पुराना ठेलीहरु पल्टाउँदै जसरी मलाई अपराधी बनाउने कोशिस गरियो । र, गिरफ्तार गरेर जेल हाल्यो, त्यसबाट बाहिर आएपछि आफ्नो राजनीतिक जीवनलाई अघि बढाउने क्रममा भेटघाट आदि ईत्यादि गरिराखेको छु । छलफल चलिरहेको छ, त्यसले सुखद् अनुभूति दिलाई राखेको छ । बिस्तारै राजनीतिक जीवनमा फर्कने कोशिसमा छु । आखिर अदालतले तपाईलाई दोषी नै प्रमाणित गर्‍यो। कैद मिनाहा गर्दैमा अब बालकृष्ण ढुंगेल अपराधी होइन भन्न मिल्छ र ? यो कुरा बडो बिडम्वना छ । हिजो म आफूले हजारपटक बोलें । मेरो पार्टीका अध्यक्ष कमरेड प्रचण्डले पनि आठ दशपटक बोल्नुभो, विज्ञप्ति निकाल्नुभो, यो जनयुद्धको सवाल र राजनीतिक विषय हो, यसको समाधान पनि राजनीतिक तरिकाले नै गरिनुपर्छ, यो व्यक्तिगत विषय होइन । बालकृष्ण ढुंगेल दोषी होइन, यदि दोषी हो भने म दोषी हुँ, त्यसैगरि बाबुराम भट्टराई र मोहन वैद्यले पनि त्यही भन्नुभो । सबै नेताहरुले पनि त्यही भनेर बोल्नुभो । त्यसलाई बेवास्ता गरेर बालकृष्ण ढुंगेलको व्यक्तिगत इबिका कारण यो घटना घटेको हो, यो राजनीतिक केश हुँदै होइन भनेर तानियो । अहिले फेरि छुट्दा बालकृष्ण ढुंगेलको व्यक्तिगत केश होइन भनिएको छ । ऐन, कानूनअनुसारको सजाय भोगिसकेपछि पनि बालकृष्ण जेलबाट बाहिर निस्कनु हुँदैन, ऊ जेलभित्रै मर्नुपर्छ भन्ने खालको सोचअन्तर्गत उनीहरुले हामीलाई जसरी दपेट्न खोजिराखेका छन्, यो निकै भद्धा छ । यो मान्छेले लाज पचेपछि जे–पनि गर्दो रहेछ भन्ने प्रमाण हो । त्यसले अलिकति दुखी पनि बनाएको छ । यो कस्तो खालको राजनीतिक संस्कार होला, कस्तो अभ्यास होला भन्ने अनुभूति भइरहेको छ । यो कस्तो खालको न्यायिक अभ्यास हो रु दुख लाग्छ । न्यायाधीशज्यूहरुले मिसिल पनि अध्ययन नगरी फैसला गर्नुभो । राजनीतिक आन्दोलनको केशलाई व्यक्तिगत बनाउनुभो । त्यतिबेला मानवअधिकारवादीहरु, पत्रकार साथीहरुले पनि दपेट्नुभो । जब बालकृष्णलाई दपेटिन्छ भने त्यहाँ न्याय हुन्छ, त्यहाँ बालकृष्णको मानव अधिकार हुँदैन, बालकृष्णलाई न्याय चाहिँदैन । बालकृष्ण भन्ने मान्छे दुनियाँले दपेट्नका निम्ति जन्मिएको पात्र हो, उसलाई जे–पनि गर्न छुट छ भनेर जुन व्यवहार देखाउनुभो । र, मलाई गिरफ्तार गरियो, जेल हालियो । जेलबाट छुटेर अहिले फेरि ऐनमुताबिक छुटेको हुँ । यो प्रक्रिया लामो प्रक्रिया छ, यसको सबै प्रक्रिया मलाई थाहा छैन । मेरो कैद मिनाहा भएको छ । कारागार व्यवस्थापन विभाग र नेपालको प्रचलित कानून बमोजिम छुटेको हुँ । नेपालको ऐनबमोजिम ४० प्रतिशत कैद भुक्तान गरेका मजस्ता ८०० जनाभन्दा बढ्ता मानिसहरु छुटेका छन् । ८०० भन्दा बढी मान्छेहरु छुट्दा बालकृष्ण ढुंगेल छुट्न नहुने रु बालकृष्ण भन्ने मान्छे यस्तो मान्छे हो, त्यसलाई त्यही मार्नुपथ्र्यो, जेलबाट निकाल्नै हुँदैनथ्यो भनेर हौवा पिटाइएको छ । यो चाहिँ बिडम्बनापूर्ण छ । एकातिर व्यक्तिगत घटना हो भन्ने अर्कोतिर राजनीतिकरण गर्ने प्रयास भएको छ । पक्रँदा व्यक्तिगत भन्ने कानून बमोजिम छोड्दा राजनीतिक विषय बनाएर जेनेभा महासन्धिका यति नम्वर र उति नम्वर धारा भनेर लागिरहेका छन् । यो प्रश्न मसँग भन्दा पनि ती विद्धानहरुलाई तिमीहरु पक्रँदा व्यक्तिगत भन्छौं, छोड्दा राजनीतिक भन्छौं, के हो भनेर सोध्नुस् न । यो कस्तो व्यापार हो भनेर सोध्नु न । तपाईका समर्थक भन्छन्, ‘बालकृष्ण ढुंगेल गणतन्त्रको सेनानी हो, उसले जे–जति गर्‍यो, देशका लागि गर्‍यो’ । तर, तपाईका विरोधी भन्छन्, ‘के गणतन्त्र ल्याउन उज्जनकुमार श्रेष्ठकै हत्या जरुरी थियो रु’ व्यक्तिहत्या नगरी पनि गणतन्त्र आउँदैनथ्यो र ? उज्जनकुमार श्रेष्ठ २१ औं शताब्दीको रामचन्द्र नै जन्मिएको रहेछ क्यारे, रामचन्द्र नै मर्यो भन्याजस्तो निकृष्ट खेल खेलिएको छ । मान्छे मर्नु हुँदैनथ्यो, यो देशमा संकटकाल घोषणा गर्नु हुँदैनथ्यो, टाउकाको मूल्य तोकिनु हुँदैनथ्यो । संविधान सभाको माग गरेका भरमा मान्छेलाई ड्याङड्याङ गोली हानेर मार्नु हुँदैनथ्यो, सामूहिक बलात्कार गर्नु हुँदैनथ्यो । घर बस्तीहरु खरानी बनाएर आगो सल्काउनु हुँदैनथ्यो, जनताले मत हालेर संविधान निर्माण गर्न पाउनुपर्छ भनेर माग गर्दा अमेरिकाका हेलिकोप्टर, बेल्जियमका बम ल्याएर मान्छेका घर–घरमा, धुरी–धुरीमा पड्काउन हुँदैनथ्यो । २० औं, २२ औं हजार मान्छेहरु मरेका छन् यहाँ । तर, आफ्ना अरु जम्मै मरेका मान्छेहरुलाई छोड्दिएर उज्जन भन्ने मान्छे यस्तो मान्छे हो, जो नेपालको एउटा यस्तो सपूत थियो भनेजस्तो बनाइएको छ । सपूत भए पनि कपूत भए पनि, जे–जे भए पनि मान्छे मर्नु हुँदैनथ्यो । यो मेरो पनि मत हो । तर, आन्दोलन, युद्ध हो, युद्धमा मान्छेहरु मर्दा रहेछन् । गणतन्त्र ल्याउनका निम्ति मान्छेहरु मर्न हुँदैनथ्यो, मार्न हुँदैनथ्यो भन्ने सोच नराम्रो होइन । तपाईले भन्नुभो, उज्जन श्रेष्ठको हत्यामा म संलग्न छैन । उज्जनको हत्या हुँदा तपाई कहाँ हुनुहुन्थ्यो त ? कागजी कुरा गर्ने कि सत्य कुरा गर्ने ? म चाहिँ सत्यमा विश्वास गर्छु । यथार्थ कुरा उज्जनको घटना घटेको बेला म काठमाडौंमा थिएँ । एक जना दोलखाको कृपासुर भन्ने साथी अकस्मात बिरामी हुनुभो । म उहाँको उपचारको निम्ति काठमाडौं आएको थिएँ । त्यतिबेला मैले ‘म काठमाडौंमा थिएँ, फलानो डाक्टरकोमा थिएँ, फलानो साथीलाई उपचार गर्दै थिएँ’ भन्दा त्यो डाक्टर पनि मारिन्थ्यो, त्यो हस्पिटल पनि सायद सिल हुन्थ्यो । मैले ती कुराहरु भन्न मिल्दैनथ्यो, त्यो अवस्था थियो । राज्य यस्तो क्रुर थियो, जनादेश र जनसत्ता भन्ने पत्रिकाको हेडलाइन पनि नपढीकन ‘डाडु ज’ लेखेको पत्रिका देखेका भरमा पत्रिका समातेका मान्छेहरु मारिन्थे । त्यो बेला मैले सत्य बोल्दा अरु मान्छेहरु मारिन्थे, मैले त्यसो गर्न चाहिनँ । आज गणतन्त्र त त्यसै आएजस्तो, फर्सी फुटाल्दा भित्रबाट बियाँ निस्केजस्तो गणतन्त्र टक्लक्क निस्किएकोजस्तो बनाइएको छ । आज एकाथरि मान्छेहरु नांगो जुलुसमा निस्किएका छन् । हुँदा हुँदा त हेर्नुस्, देशमा संकटकाल लाग्दै गर्दा, देशमा टाउकाको मूल्य तोकिँदै गर्दा, पत्रकारहरुले लेख्न पाउने अधिकार खोसिँदै गर्दा, नागरिकले बोल्न पाउने अधिकार खोसिँदै गर्दा, महिलाको अस्मिता लुटिँदै गर्दा, बस्तीका बस्ती ‘खारा’ बनेर आगोमा दन्किँदै गर्दा साम्राज्यवादको सातु खाएर बसेका रविन्द्र मिश्रहरु बालकृष्ण ढुंगेललाई हिटरमा पिसाब फेराएको समाचार भन्न सकेनन् । सायद साम्राज्यवादको तलुवा चाट्न पाइँदैन भन्ने त्रास थियो होला । मैले हिटरमा पिसाब फेरेर गणतन्त्र ल्याइदिएपछि, कृष्ण सेन ‘ईच्छुक’ले गणतन्त्रको आवाजमा कलम चलाउँदा पिटाई खाँदाखाँदा मरेर गणतन्त्र ल्याइदिएपछि, बीपिन भण्डारी, पूर्ण पौडेल, दिलबहादुर राईहरुले नागार्जुनको खाल्डोभित्र जिउँदै पुरिएर जीवनगाथा गुमनाम बनाएर गणतन्त्र ल्याइदिएपछि सुकिलो टिसर्टमा कुनै बेलायतीजस्तो लाग्ने एउटा रविन्द्र मिश्र भन्ने मान्छे राजनीतिक परिदृश्यमा निस्कन्छ । अनि, उसले विवेकशील नाम गरेको पार्टी खोल्छ, आज विवेकशील सडकमा नांगै दौडिराखेको छ । उसले भन्छ, ‘बालकृष्ण ढुंगेललाई बाँच्न दिनु हुँदैनथ्यो, सजाय काटेर जेलबाट बाहिर आउन दिनु हुँदैनथ्यो ।’ यहाँभन्दा निकृष्टता के हुन्छ ? तपाईले भन्नुहुन्छ, अदालतमा पेश भएको मिसिल अध्ययन नै नगरी फैसला गरियो ।’ खास मिसिलमा के थियो ? फैसला कसरी भयो ? सुरु जाहेरी नै माओवादीका नेता बालकृष्ण ढुंगेल र पुस्कर गौतम लगायतका मान्छेहरुलाई गिरफ्तार गराउन प्रशासनलाई सहयोग गरेको अभियोगमा मेरो भाइ भूवन भनिने उज्जनकुमार श्रेष्ठ माओवादीले मारे भनेर गणेशकुमार श्रेष्ठले जाहेरी दिनुभएको छ । त्यो मिसिलको त कुरै छोडौं, त्यो जाहेरीसम्म पढिएन । लास बरामत छैन, बरामत नभएको लासको मामिलामा कर्तव्यज्यान मुद्दा चल्नै मिल्दैन । मान्छे बेपत्ता भएको ऐनअन्तर्गत मुद्दा चल्न सक्थ्यो । तर, ज्यान मुद्दा दर्ता गरियो, ज्यान मुद्दा चलाइयो, फैसला गरियो, सजाय सुनाइयो, आठ वर्षसम्मको जेल राखियो । सर्वोच्च अदालतमा रिट हुँदाहुँदै बालकृष्ण ढुंगेल छोडियो, यो कदम गैरसंवैधानिक हो भन्नेहरु पनि छन् नि ? नेपाल सरकारको ऐनमुताबिक म जेल बसें, जेल सजाय भुक्तान गरें । यो मेरा लागि मात्र गरिएको होइन, ८०० जनाभन्दा बढीको मिनाहा भएको छ । ८०० जनाले मिनाहा पाउँदा बालकृष्ण पनि त्यो लिष्टभित्र प¥यो । राज्यले मलाई केही गुन लगाएको होइन, मलाई केही मान दिएको होइन, थप अन्याय नगरेको हो । कारागार व्यवस्थापन विभाग, जेल प्रशासनले ऐनमुताबिक गरेको सिफारिस कार्यान्वयन भएको मात्र हो । बालकृष्णले भुक्तान गर्नुपर्ने सजाय भुक्तान गर्‍यो भनेको मात्र हो । जेलभित्र उसको चालचलन राम्रो थियो भनेको मात्र हो । त्यही सिफारिसमा राष्ट्रपतिले तोक लगाउनु भएको हो । राष्ट्रपति बनिसकेपछि पनि रामवरणले यो देशमा कति जना मान्छे तोके लगाएर छोडे ? गगन थापाजीहरु त्यो हेर्नुहुन्न । आज कुप्री बुढीलाई उठी सुख न बसी सुख बनाइएको छ । गगनजीहरु सडकमा ओर्लिनुभएको छ । यो कुन जादु हो ? म दंग परिराखेको छु । हिजो संविधान सभामा गगनजी र म सँगै थियौं । उहाँ भन्नुहुन्थ्यो, ‘दाइ तपाईमाथि अन्याय भएको छ, हिम्मत नहार्नुहोला ।’ त्यो भन्ने गगन थापा सायद बजारमा नाम बिक्री हुन्छ भन्ने लागेर हो कि सन्नी लियोन बन्न खोज्दै हुनुहुन्छ । रविन्द्र मित्रको पनि त्यही हो । गगन थापाजस्तो मान्छे नेपाली राजनीतिको युवा साथी सन्नी लियोन नबनिदिएको भए हुन्थ्यो भन्ने लाग्छ । प्रसङ्ग बदलौं, तपाई कसरी राजनीतिमा आउनुभयो, आफ्नो राजनीतिक जीवनबारे के भन्नुहुन्छ ? म २०४२ सालमा विद्यार्थी जीवनबाट राजनीतिमा आएँ । त्यतिबेला मलाई ओमकुमार सुवेदीले संगठित गर्नुभयो । उहाँ शिक्षक हुुनुहुन्थ्यो । परिवर्तनका निम्ति बलिदान गर्ने शहिदहरुको जीवनीबाट म प्रभावित भएँ । राणा लखेट्न, प्रजातन्त्रका लागि लडेका गंगालाल, धर्मभक्तहरुको जीवनीबाट प्रभावित भएँ । त्यस्तै बन्न सकिन्छ कि सकिँदैन होला भन्ने कौतुहलता जाग्यो । त्यही प्रश्नको उत्तर खोज्न राजनीतिमा लागें र आजको अवस्थामा छु । नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । यसलाई तपाईले कसरी हेर्नुभएको छ ? यो एकता वस्तुगत परिस्थितिको उपज हो । वामहरु एकै ठाउँमा आएर देशको विकास र समृद्धिका निम्ति, राष्ट्रियताको रक्षाका निम्ति खडा हुनुपर्ने थियो । यो ‘फुटाउ र शासन गर’ नीति विरुद्धको कदम हो । म एकताप्रति खुसी छु । एकताको आँट गर्ने केपी शर्मा ओली र प्रचण्डलाई अन्तर्आत्मादेखि धन्यवाद भन्न चाहन्छु, सलाम गर्छु । व्यक्तिगत रुपमा को–कसलाई कति नोक्सान पर्‍यो होला । तर, यो कोर्शले देश र जनतालाई हित गर्छ । यो देश प्रकृतिले भरिपूर्ण देश हो । प्रकृतिलाई प्रविधिसँग जोडेर यसको विकासतिर लाग्नुपर्छ । मैले यही आशा गरेको छु । मैले प्रचण्डसँग भेटेर भने, ‘एकातिर फूल, अर्कातिर मौरी बनेको अवस्था थियो । अब मौरीको घार र फूलबारी एकै ठाउँमा आयो । यो राष्ट्रका निम्ति महत्वपूर्ण विषय हो ।’ तपाई जेलबाट छुटेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग भेट्नुभयो होला । उहाँहरुले के भन्नुभो ? मैले अध्यक्ष कमरेड प्रचण्डसँग भेटें । उहाँलाई तपाईहरुले गरेको निर्णयप्रति धन्यवाद भनें । मेरो स्वास्थ्य अवस्था राम्रो छैन । त्यसैले धेरै हतारमा छैन, केही समय आराम गर्छु, फ्रेस हुन्छु, अनि थप कुरा गर्छु । प्रधानमन्त्रीज्यू व्यस्त पनि हुनुहुन्छ, उहाँलाई भेटेको छैन, केही दिनमा भेट्छु र धन्यवाद दिन्छु ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij