२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

अष्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

अष्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

गण्डकी टाइम्स
बिहिवार, कार्तिक २७ २०८२
गण्डकी टाइम्स
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौं, २७ कात्तिक । अष्ट्रेलियाको भिक्टोरीयामा कारलाई ट्रकले ठक्कर दिँदा तीन नेपालीको मृत्यु भएको छ । कार दुर्घटनामा चितवन भरतपुरका हरिकृष्ण भण्डारी उनकी पत्नी सपना न्यौपाने र उनीहरुका तीन बर्षीया छोरा रुबेन भण्डारी रहेका छन् । अर्को गाडीमा रहेका कारण उनीहरुको छोरी भने सकुसल रहन सफल भएकी छन् । उनी ६ वर्षकी छन् । अभिभावक गुमेपछि उनलाई आफन्तहरुले संरक्षण गरेका छन् । उनीहरु मेलबर्नमा रहँदै आएका थिए । दुर्घटनामा परी केही समय अघि दँशैमा मात्र छोरी ज्वाई भेट्न अष्ट्रेलिया गएकी पवित्रा न्यौपानेको घाईते अवस्थामा उपचार भईरहेको छ । अलथ्रेट अस्पतालमा उपचार भईरहेको पारिवारीक श्रोतले जनाएको छ । सो दुर्घटनापछि परिवार शोकासुल अवस्थामा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij