२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

दुर्गा प्रसाईँ पक्राउप्रति मानवअधिकार आयोगको आपत्ति

दुर्गा प्रसाईँ पक्राउप्रति मानवअधिकार आयोगको आपत्ति

गण्डकी टाइम्स
मंगलवार, मंसिर २ २०८२
गण्डकी टाइम्स
मंगलवार, मंसिर २ २०८२
  • काठमाडौँ, ३ मङ्सिर। सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि राष्ट्रिय मानव अधिकार आयोगले सरकारले चालेको कदमप्रति आपत्ति जनाएको छ। आयोगले विचार वा अभिव्यक्तिका कारण मात्र व्यक्तिलाई पक्राउ गर्नु मानव अधिकारको मूल मूल्यसँग असंगत हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो। गएराति पक्राउ परेका प्रसाईं तथा सम्बन्धित प्रहरी अधिकारीसँग भेटघाट गरेपछि आयोगले अभिव्यक्ति स्वतन्त्रता र शान्ति सुरक्षाबारे सरकार गम्भीर हुनुपर्ने सुझाव दिएको छ। आयोगले जारी गरेको विज्ञप्तिअनुसार लोकतान्त्रिक अभ्यासमा विचार र अभिव्यक्तिका आधारमा कारबाही गर्नु कानूनको शासन र मानव अधिकार दुवैका लागि प्रतिकूल छ। बदलिँदो राजनीतिक परिस्थितिमा शान्ति–सुरक्षा कायम राख्नु सरकारको प्राथमिकता भए पनि नागरिकको मौलिक हकसमेत सुरक्षित रहनुपर्छ भनेर आयोगले जोड दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij