२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सर्बोच्चमा आगजनीमा संलग्नको आरोपित ल क्याम्पसका पूर्वसभापति पक्राउ

सर्बोच्चमा आगजनीमा संलग्नको आरोपित ल क्याम्पसका पूर्वसभापति पक्राउ

गण्डकी टाइम्स
बुधवार, मंसिर १० २०८२
गण्डकी टाइम्स
बुधवार, मंसिर १० २०८२
  • काठमाडौँ, १० मंसिर । नेपाल ल क्याम्पसका पूर्व सभापति विष्णु ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार उनलाई चितवनबाट पक्राउ गरेको हो । जेनजी प्रदर्शनको क्रममा सर्वोच्च अदालत आगजनी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई चितवनबाट काठमाडौँ ल्याइँदै छ । सर्वोच्च अदालतका भ्रष्टाचारीलाई अब छोड्नु हुँदैन भन्दै ढुङ्गेलले आगजनी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उनी २०७९ को स्ववियु चुनावमा अखिल क्रान्तिकारीको तर्फबाट ल क्याम्पसको सभापति निर्वाचित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij