२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, ४०० जनाको मृत्यु

पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, ४०० जनाको मृत्यु

गण्डकी टाइम्स
सोमवार, चैत्र २ २०८२
गण्डकी टाइम्स
सोमवार, चैत्र २ २०८२
  • काठमाडौँ। पाकिस्तानले सोमबार राति अफगानिस्तानमा फेरि हवाई हमला गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाको लडाकु विमानले राजधानी काबुलका धेरै क्षेत्रमा आक्रमण गरेको हो। जसमा ४०० जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन्। रिपोर्टका अनुसार, दारुल अमान, अर्जन किमात, खैरखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल वरपरका धेरै स्थानहरूमा विस्फोट र गोलीबारी सुनिएको थियो।तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलको लागुऔषध पुनर्स्थापना अस्पतालमा बमबारी गरेको आरोप लगाए। तालिबानले आक्रमणको कडा निन्दा गर्दै यसलाई मानवताविरुद्धको अपराध भनेको छ र पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गरेको दाबी गरेको छ।पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफका प्रवक्ता मोशरफ जैदीले आरोपलाई निराधार भन्दै काबुलको कुनै पनि अस्पतालमा आक्रमण नगरिएको दाबी गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij