२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

ओली-लेखकलाई दिइएकाे पक्राउ पुर्जीमा ज्यानसम्बन्धी कसुरकाे आराेप

ओली-लेखकलाई दिइएकाे पक्राउ पुर्जीमा ज्यानसम्बन्धी कसुरकाे आराेप

गण्डकी टाइम्स
शुक्रवार, चैत्र १३ २०८२
गण्डकी टाइम्स
शुक्रवार, चैत्र १३ २०८२
  • काठमाडौँ, १३ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले जरुरी पक्राउ पुर्जी जारी गर्दै आज बिहानै तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री ओली र रमेश लेखकलाई गिरफ्तार गरेको थियो । ओलीलाई दिइएको पक्राउ पुर्जीमा लेखिएको छ, ‘तपाईंलाई ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले यो पक्राउ पुर्जी जारी गरिएको छ ।’ लेखकको हकमा पनि यही भाषा लेखिएको बताइएको छ । जेन्जी आन्दोलनको घटना जाँचबुझका लागि गठित गौरिबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस गरे बमोजिमको कारबाही प्रक्रिया तत्काल थाल्ने बालेन्द्र शाह सरकारको पहिलो निर्णयलगत्तै ओली र लेखकलाई पक्राउ गरिएको हो । सुरक्षा संयन्त्रको हकमा भने अध्ययन समिति बनाउने सरकारको निर्णय छ । आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८१ (१) र १८२ बमोजिमको कसूरमा अनुसन्धान र अभियोजन गर्न भनेको छ । हेर्नुस पक्राउ पुर्जी:  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij