२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेकपा संयोजन समितिको बैठक आज बस्दै

नेकपा संयोजन समितिको बैठक आज बस्दै

गण्डकी टाइम्स
सोमवार, बैशाख १४ २०८३
गण्डकी टाइम्स
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौँ, १४ बैसाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज (सोमबार) बस्दैछ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने यस बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ ।

    आजको बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको नेता प्रकाश ज्वालाले जानकारी दिए। 

    बैठकमा चुनावी समीक्षा प्रतिवेदनको अनुमोदन र सांगठनिक जिम्मेवारीको बाँडफाँट लगायतका प्रस्ताव आउन सक्ने ज्वालाले बताए । यसअघि वैशाख ३ गतेको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै संयोजक र सह–संयोजकले निर्णय प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएका थिए, जसलाई आजको बैठकले अनुमोदन गर्ने बताइएको छ । 

    सांगठनिक संरचनाका सन्दर्भमा प्रदेश इन्चार्ज, सह-इन्चार्ज, संयोजक र सह-संयोजकको जिम्मेवारी वरिष्ठ नेताहरूबाटै तोक्ने तयारी गरिएको छ । जिम्मेवारी बाँडफाँट गर्दा साविकका दुई पार्टी (माओवादी केन्द्र र एकीकृत समाजवादी) बिच सन्तुलन कायम गर्ने मापदण्ड बनाइएको छ । जसअनुसार कुनै प्रदेशमा माओवादी केन्द्रले इन्चार्ज पाएमा एकीकृत समाजवादीले सह-इन्चार्ज पाउनेछ भने एकीकृत समाजवादीले इन्चार्ज पाएको प्रदेशमा माओवादी केन्द्रले सह-इन्चार्जको जिम्मेवारी पाउनेछ । यसैगरी, भूगोलमा जस्तै ३२ वटा विभागहरूमा पनि प्रमुख र उपप्रमुखको जिम्मेवारी बाँडफाँट गरिनेछ ।

    बैठकले विधान बमोजिम १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्य समितिलाई पूर्णता दिने प्रस्तावमाथि पनि छलफल गर्नेछ । तल्लो तहका पालिका र जिल्लाको एकता एवं समायोजनको जिम्मा सम्बन्धित प्रदेशलाई नै दिने तयारी छ । यसका साथै, जनवर्गीय संगठन र मोर्चाको एकता, सदस्यता नवीकरण र एकताको मापदण्डका विषयमा समेत आजै निर्णय हुन सक्ने बताइएको छ ।

    पार्टीको आगामी कार्यदिशा र महाधिवेशनका सम्बन्धमा पनि आजको बैठक निर्णायक हुने देखिएको छ । ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ वडा तहदेखि नै अधिवेशनको प्रक्रिया अघि बढाउन बैठकले महाधिवेशनको मिति तय गर्ने सक्ने नेता ज्वालाले बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij