२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

आगामी आर्थिक वर्षको बजेट आज आउँदै, करको दरमा ठूलै हेरफेर हुने

आगामी आर्थिक वर्षको बजेट आज आउँदै, करको दरमा ठूलै हेरफेर हुने

गण्डकी टाइम्स
शुक्रवार, जेठ १५ २०८३
गण्डकी टाइम्स
शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौँ, १५ जेठ। आगामी आर्थिक वर्षको बजेट आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ। आज अपराह्न ४ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो।

    सरकारले आज बजेट ल्याउने कुरा आएसँगै करको दरमा ठूलै हेरफेरका विषयमा पनि चर्चा चलिरहेको छ। गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ मतसहित बनेको रास्वपा सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो। जसमा अर्थविद्समेत रहेका अर्थमन्त्री वाग्नेले करको दरमा हेरफेरसहितको बजेट ल्याउन लागेको चर्चासमेत चलेको छ।

    यस्तै, सरकारी सेवामा ३० वर्ष पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने तयारी गरेको छ। साथै, कर्मचारीतन्त्रमा व्यापक सुधार र पुनर्संरचना गर्ने उद्देश्यसहित ल्याउन लागिएको यो व्यवस्थाबाट हाल कार्यरत करिब १२ हजार कर्मचारी अवकाशमा जाने अनुमान गरिएको स्रोतले जनाएको छ।

    सत्तारुढ दल रास्वपाले चुनावअघि सार्वजनिक गरेको वाचापत्र, सरकार गठनपछि ल्याएको १०० बुँदे शासकीय सुधार योजना तथा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाएर बजेट तयार गरिएको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij