२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

हर्क साम्पाङ भन्छन्: ‘देशलाई माया गर्दा गाली खाइरहेको छु’

हर्क साम्पाङ भन्छन्: ‘देशलाई माया गर्दा गाली खाइरहेको छु’

गण्डकी टाइम्स
शनिवार, जेठ ३० २०८३
गण्डकी टाइम्स
शनिवार, जेठ ३० २०८३
  • काठमाडौँ, ३० जेठ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले देशलाई माया गरेकै कारण आफूले गाली खानुपरेको गुनासो गरेका छन्। शनिबार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा उनले देशको हितका लागि आवाज उठाउँदा अपमान र तिरस्कार सहनुपरेको गुनासो गरे। उनले आफूले धरानको मेयर हुँदा दैनिक करिब एक हजार गाली पाउने गरेको स्मरण गर्दै हाल त्यो संख्या बढेर दैनिक १० हजार पुगेको बताए।

    उनले दार्चुलामा पुल बनाउने क्रममा पनि आफूलाई गाली आएको बताए। उनले सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा गाली अभियान सञ्चालन भइरहेको आशंका पनि व्यक्त गरे। उनले सो पुल विवादका बीच पनि निर्माण सम्पन्न हुन लागेको र छिट्टै उद्घाटन गर्ने बताए।

    नेपाली समाजमा अरूले गरेको कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै उनले त्यसको अन्त्य नभएसम्म देश बन्न नसक्ने बताए। आफू काम नगर्ने र अरुलाई पनि गर्न नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ। उनले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिका कारण सुस्तामा भारतीय सेना प्रवेश गरेको आरोप लगाए। उनले सीमा सुरक्षाका विषयमा राज्य संवेदनशील हुनुपर्नेमा जोड दिए।

    उनले विदेशी ऋण लिएर विकास गर्नेभन्दा स्वदेशी स्रोत र श्रममा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए। उनले श्रम संस्कृति पार्टीका कोही पनि सांसदले भ्रष्टाचार नगर्ने बताए। पार्टी संगठनलाई देशभर विस्तार गर्ने उल्लेख गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा श्रम संस्कृतिलाई जिताउन आग्रह पनि गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij