२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

रास्वपा उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

रास्वपा उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

गण्डकी टाइम्स
शुक्रवार, आषाढ १२ २०८३
गण्डकी टाइम्स
शुक्रवार, आषाढ १२ २०८३
  • चितवन, १२ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

    चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि रास्वपाको निर्वाचन आयोगले शुक्रबार बिहान वाग्लेलाई उपसभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।  

    पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन्। ​आफ्नो दाबी फिर्ता लिएका श्रेष्ठ नै वाग्लेको प्रस्तावक बसेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij