काठमाडौँ, २ असोज । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल सभामुख निर्वाचित भएको करिब ६ महिना बितिसक्दा पनि उनको फेसबुक प्रोफाइलमा भने अझै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति पद उल्लेख रहेको पाइएको छ।
अर्याल २०८२ चैत २२ गते प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। सभामुख बनेसँगै उनले रास्वपाको पार्टी सदस्यता तथा जिम्मेवारी त्यागेको जानकारी सार्वजनिक गरिएको थियो। राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रतिनिधिसभाको सभामुख निर्वाचित भएको कारण देखाई सम्बन्धित दलको सदस्यताबाट लिखित रूपमा राजीनामा दिएमा त्यसलाई दल त्याग गरेको नमानिने व्यवस्था छ।
तर, सभामुखमा निर्वाचित भएको लामो समय बितिसक्दा पनि सामाजिक सञ्जालको प्रोफाइलमा पुरानै पार्टीगत जिम्मेवारी उल्लेख रहनुले सार्वजनिक रुपमा प्रश्न उठेको छ ।