२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

प्रेस काउन्सिलमा अध्यक्षलाई झ्यालबाट टिपेर फ्याँक्ने पत्रकारको धम्की

प्रेस काउन्सिलमा अध्यक्षलाई झ्यालबाट टिपेर फ्याँक्ने पत्रकारको धम्की

गण्डकी टाइम्स
मंगलवार, आश्विन १३ २०८३
गण्डकी टाइम्स
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौं, १३ असोज  । प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठलाई कार्यकक्षमै ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भन्दै धम्की दिइएको घटनाप्रति काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    मंगलबार नेपाल पत्रकार महासङ्घको नेतृत्वसँग लोककल्याणकारी विज्ञापनबारे छलफलका क्रममा पत्रकार दीपक पाण्डेले अध्यक्षलाई धम्कीपूर्ण अभिव्यक्ति दिएको काउन्सिलले जनाएको छ ।

    छापामाध्यम बचाउ सुझाव कार्यदलका मागबारे छलफल भइरहेका बेला काउन्सिलका कर्मचारीमाथि समेत अपमानजनक व्यवहार भएको भन्दै काउन्सिलले आपत्ति जनाएको छ ।

    काउन्सिलले पेसागत माग र असहमतिलाई सम्मान गर्ने भए पनि संस्थागत छलफलमा धम्कीपूर्ण भाषा र अमर्यादित व्यवहार स्वीकार्य नहुने स्पष्ट पारेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij