२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

रगत बिक्रीमा छ (कविता)

रगत बिक्रीमा छ (कविता)

गण्डकी टाइम्स
मंगलवार, चैत्र १२ २०७५
गण्डकी टाइम्स
मंगलवार, चैत्र १२ २०७५
  • समिर ढुवाडी

    साहुको ऋण काधभरी बोकेर बा को गरिबी मनभरी बोकेर सन्तानको सुनौलो भबिस्य देख्दै आमाले साइतको टीका लगाइदिएर श्रीमतीले एर्पोट सम्म छाडन जादा उसले रातो टीकामा देख्छ साहुलाइ तिर्ने सावाँ र ब्याज आमाको फेरिने चिल्थो फरिया बाबुको च्यात्तिएको कमिज सन्तानको भबिस्य श्रीमतीको सपना । तर म देखिरहेछु , हरियो पासर्पोटमा स्वीकारियको परिस्कृत दासता खोसिएको स्वतन्त्रता र हरायको अधिकार बगाउनुपर्ने मुल्यहिन रगत र पसिना तिमिले त देख्छौ होला परदेशिले पठायको रेमिटेन्स देशबिकासको ठुलो सपना तर म त देखिरहेछु परदेशमा चुहिरहेको रगत र पसिना हो मेरो देशमा आज पसिना लिलामिमा छ रगत बिक्रिमा छ ।।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij