२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेत्रले लेखे ‘घनश्यामलाई चिठी’

नेत्रले लेखे ‘घनश्यामलाई चिठी’

गण्डकी टाइम्स
बुधवार, बैशाख १८ २०७६
गण्डकी टाइम्स
बुधवार, बैशाख १८ २०७६
  • काठमाडौँ ।  कवि अशोक कुँवर ‘नेत्र’ आफ्नो नयाँ कविता सङ्ग्रह पाठकमाझ ल्याएका छन् । पहिलो कविता सङ्ग्रह ‘आस्थाका बन्दीहरू’ पाठकमाझ ल्याएको दस वर्षपछि उनको दोस्रो कविता सङ्ग्रह ‘घनश्यामलाई चिठी’ बुधबार पाठकमाझ ल्याएका हुन् । कवितामार्फत समाज परिवर्तन र रूपान्तरणको स्वर उराल्ने कवि कुँवरका ३५ भन्दा बढी प्राज्ञिक पुस्तकहरू, फुटकर रूपमा विभिन्न पत्रपत्रिकाहरूमा कविता, कथा, समालोचना प्रकाशन भएका छन् । बिडी त्यागी स्मृति केन्द्र, कपनको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान वितरण कार्यक्रमसँगै उनको उक्त पुस्तक विमोचन भएको हो । पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. हेमनाथ पौडेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने समालोचक डा. रामप्रसाद ज्ञवालीले शुभकामना मन्तव्य राखेका थिए । यसका साथै सम्मान सत्रमा प्रदेश नं. ३ का प्रदेश सांसद रामेश्वर फुयाल, साहित्यकारहरू मधुसूदन पाण्डेय, बिमल कोइराला, विश्वप्रेम अधिकारी, यदुनाथ बसन्तपुरे, राधा दुलाल कार्की सम्मानित भए । नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा क्रियाशील कुँवरको उक्त पुस्तकमा जम्मा ५० कविताहरू सङ्गृहीत छन् । सङ्गृहीत कविताहरूले समसामयिक प्रदूषित राजनीतिक प्रणाली, राजनीतिक दलका नेताहरू, भ्रष्ट प्रशासक, विकृति, विसङ्गति, दुराचार प्रवृत्तिमाथि तिखो व्यङ्ग्य प्रहार गरेको पाइन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij