२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

प्रेमिकाले गरिन् बिहे : बिहेकै रात जन्मियो बच्चा

प्रेमिकाले गरिन् बिहे : बिहेकै रात जन्मियो बच्चा

गण्डकी टाइम्स
आइतवार, माघ २८ २०७४
गण्डकी टाइम्स
आइतवार, माघ २८ २०७४
  • लहान, २९ माघ । सिरहा सुखिपुर नगरपालिका ४ का उमेश मोचीले माघ २५ गते बिहे गरे । तर त्यही रात दुलहीले दुलहीले बच्चा जन्माएपछि उनी लाजले घरबाकिर निस्कन सकेका छैनन् । बरियारपट्टी गाउँपालिका ३ शिवनगरकी शोभा रामसँग उमेशले धुमधामसँग बिहे गरेका थिए । तर, घर भित्राएकै रात शोभाले छोरालाई जन्म दिएपछि परिवारका सदस्य आश्चर्यमा परे। उमेशको परिवार लज्जित बनेको स्थानीय एक युवकले बताए । शोभालाई उमेशले नराख्ने भनेपछि समाजले बिहेकै भोलिपल्ट माइत पठाएका छन् । उनी यसरी फिर्ता भएपछि परिवारकै तथा छरछिमेकमा तनाव बढेको स्थानीय नथुनी रामले बताए । उनले भने, 'शोभासँग सोधपुछ गर्दा शैलेन्द्ररामसँगै प्रेम गरेको र उनीसँगै शारीरिक समबन्ध राख्दा गर्भ बसेको बताएकी छन् । त्यसपछि शोभालाई शैलेन्द्रको घर पठाइएको छ । प्रेमी भनिएका युवक साउदी अरबमा रहेका कारण समस्या भएको छ ।'

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij