सन्जोग सरिक हलेसी तुवाचुङ नगरपालिका ७, ऐसेलुखर्क हाल–काठमाडौं
अन्धकार रातहरु खोइ किन हो मेरो लागि।।।। प्रिय भैदिन्छ्न, सङ्गिनी भैदिन्छन, जहाँ म लेट्छु बहहरु पोख्छु, ती हिउजस्तो चिसो शीतहरुले मलाइ बिउझाउदा नयाँ जीवनको उमंग फेरिदिन्छन तर ती अतीतहरु ले झन मेरो मुटु कपाउछ, पुरानो कथा देखाउछ यिनै ओझेल परेको आखाहरुभित्र यिनै सुकेको ओठ र घाटिभित्र ती तीता मिठा वचन र बोलिहरु खोटाउछ बिर्सन खोज्ने यादहरु झल्झली देखाउछ जति बिर्सन खोजे पनि उनी निस्ठुरी कै यादभित्र, सपनी पनि बिपनिझै ताजा बनाउछ चोखो मेरो मायाको श्रापहरु म भित्रै ओइरिन्छ किनकी मनभित्रको तृष्णा उनकै लागि थियो खुसी र सुखहरु उनकै लागि समर्पित थियो आज यी तन मन हरु एकाएक भाच्चिएको छ टाढा भाग्ने संकल्प गर्दैछ बगेको अतीतहरु टुक्रिएर छियाछिया भएपनी उनकै लागि यो जुनि अझै समर्पित छ । मेरो यो स्वार्थी आत्मा, उनकै लागि त्यागी छ मात्र उनकै लागि । अस्तु ।।।।।।।