क्वारेन्टाइनमा प्रेम
क्वारेन्टाइनमा प्रेम
गण्डकी टाइम्स
गण्डकी टाइम्स
समिर दुवाडी
मेरो मुटुको तिमिप्रती प्रेमको भाइरस
तिम्रो मुटुमा पनि संक्रमण गराउन मन छ
अनबरत यादको एन्टिभाइरस बनाएर
हाम्रो मुटुमा रियाक्सन गराउन मन छ
हो प्रिय हामी दुबै प्रेमको भाइरस भएर
मुना मदन जस्तै प्रेम भाइरल गराउन मन छ
त्यसको लागि रोमियो जुलि र लैला मजुन
जस्तै प्रेमका भाइरलको साथ लिदै
विश्व भाइरल गर्न मन छ ....................
तर प्रिय सबैभन्दा पहिले, ......
हाम्रो प्रेमको लक डाउन गराउन जरुरी छ
अनि मात्र हाम्रो प्रेमले जिवन पाउनेछ
जुन दिन तिम्रो र मेरो मुटुले ...........
प्रेमको क्वारेन्टाइनमा खुलेआम प्रेम गर्छ ।।
प्रतिक्रिया