२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

बाटो छेक्दैमा सुरक्षित भइदैन, ‘अमानविय हर्कत’ बन्द गर

बाटो छेक्दैमा सुरक्षित भइदैन, ‘अमानविय हर्कत’ बन्द गर

गण्डकी टाइम्स
शुक्रवार, बैशाख ५ २०७७
गण्डकी टाइम्स
शुक्रवार, बैशाख ५ २०७७
  • विशेष सम्पादकीय

    गण्डकी टाईम्स   विश्व यतिबेला कोरोना भाइरस (कोभिड-१९) को कारण अस्तव्यस्त बनिरहेको छ । विश्वको प्राय सबै देशहरु यतिबेला लकडाउनमा छ । नेपालले पनि लकडाउन गरेको करिव १ महिना पुग्यो । लकडाउननै अन्तिम विकल्पको रुपमा रहेको यो अवस्थामा लकडाउनको अर्थ र परिभाषा नबुझ्दा लकडाउनको अर्थ अर्कै लाग्ने गरेको छ । पछिल्लो समय लकडाउनको नाममा बाटो, मोटरेबल पुल, झोलुङुगे पुल, सडक बन्द गर्ने प्रचलन बढ्दै छ । जसको कारण अत्यावश्यक काममा हिडेकाहरुलाई सस्ती भएको छ । लकडाउन बलियो बनाउने नाउँमा युवाहरु समूहमा हिड्न थालेका छन् । कोरोना रोक्न अहिलेको एक मात्र विकल्प भनेको सामाजिक दुरी कायम गर्ने हो । अर्काे तर्फ सरकारले चैत महिनामा विदेशबाट नेपाल भित्रिएकाहरुको सङ्ख्या एकिन गर्दै कोरोनाको नमुना परीक्षण गरिरहेको छ । यसरी सरकार एकपछि अर्काे प्रकृयामा रहेको अवस्थामा, गाउँका सचेत मानिसहरु, सामाजिक दुरी कायम गर्ने, साबुन पानिले हात धुन लगाउने, समूहमा बस्न रोक लगाउने र समग्रमा कोरोनाबाट बच्न सिकाउने समयमा लकडाउनको नाममा सडक, पुल, बाटो बन्द गर्ने कार्य गलत छ । यस्तै गलत कार्यहरुका कारण कतिपए अवस्थामा दुर्घटना निम्ति रहेको छ । विहिवार मात्रा गोरखा र धादिङ्ग जोड्ने बुङकोटघाटमा बुढीगण्डकी नदी माथीको झोलुङ्गे पुलमा लगाइएको तारजालीले बन्द गरेका कारण पुलको बिटमा झुण्डिएर पारी तर्न खोज्दा धादिङ ज्वालामुखी गाउँपालिका–५ बाँझाका होमबहादुर रानाको पुलबाट खसेर ज्यान गएको छ । चितवनमा मजदुरी गर्दै आएका राना लकडाउनका कारण चितवनदेखि हिड्दै आफ्नो घर फर्कदै थिए । तर घर नजिक पुगेका उनको स्थानीय जनप्रतिनिधिको अमानवीय हर्कतको कारण बाबा कुर्दै बसेका छोरीहरुलाई भेट्न नपाई प्रणा परेखु उड्यो। यस्तो कार्य गर्ने जो सुकैलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्छ। प्रशासनले यस्ता अमानवीय कार्यलाई कडाइका साथ तत्काल बन्द गर्नुपर्छ। अझ गज्जबको कुरो त, राजधानि लगाएतका सहरहरुबाट आफ्नो गनत्व्यमा हिडेका (मजदुर, श्रमिकहरुलाई) यात्रिहरुलाई सङ्घीयताको नाममा राष्ट्रिय गौरवको रुपमा रहेको राजमार्गहरुमा थुनेर अलपत्र पार्न कार्य गलत छ । यस तर्फ देशमा रहेको दुई तिहाईको कम्युनिस्ट सरकारको ध्यान नाज जरुरी छ । चुनावको समयमा मत किन्न रक्सि र खसिको भोज गर्ने राजनीतिक दल र नेताहरु खोज्ने समय आको छ । डलरको खेति गर्ने एनजिओ, आइएनजिवोहरु यतिबेला कहाँ लुकेर बसेका छन् ? अर्काे तर्फ स्थानीय सरकारका ठेक्केदारहरु यतिबेला लकडाउनमा भइरहेको कार्यप्रति खुसि देखिनु र स्वंयम अफै यस्ता कार्यमा सहभागि हुनुले सङ्घीयताको खिल्लि उडाइरहेको छ । यसले मानिसको चेतनाको हैसियत प्रष्टै रुपमा देखाइरहेके छ । यस्ता कार्यहरु मानिसको चेतना नाप्ने इन्डिकेटर नबनोस । त्यस्तै यस्ता अमानविय कार्यले कोरोना विरुद्धको लडाइमा सफलता मिल्दैन उल्टै दुर्घटना निम्त्याउछ । त्यसैले लकडाउनको नाममा गरिने यस्ता हर्कतहरु तुरुन्त बन्द गर ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij