२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

अमानवीय हर्कत बन्द गर

अमानवीय हर्कत बन्द गर

गण्डकी टाइम्स
शनिवार, आषाढ २० २०७७
गण्डकी टाइम्स
शनिवार, आषाढ २० २०७७
  • कोरोनाका कारण शनिवार ज्यान गुमाएका पालुङटार–७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । प्रहरीले अबरोध हटाउन अश्रुग्यासनै प्रहार गर्नु पर्यो। स्थानियले ढुङ्गा प्रहार गर्दा ४ प्रहरी घाईते भएका छन् । शब ब्यवस्थापन स्थल लुदी दोभान क्षेत्र स्थानिय र प्रहरी बिच भएको भिडन्तका कारण केही बेर रणमैदान जस्तै बनेको थियो । शनिबार दिउँसो लुदीखोला दोभानमा शव व्यावस्थापन गर्न लाग्दा स्थानीयले अवरोध गरेका हुन् । पालुङटार नगरपालिका–७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहान उपचारको क्रममा गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । स्थानीयले मानवीय सम्बेदनालाई भुल्दै, परिवारलाई थप पिडा हुने गरि गर्ने यस्तो अमानविय हर्कत गर्नेलाई प्रशाशनले तत्काल नियन्त्रणमा लिएर कानुनी कारवाहीको प्रक्रिया आगाडि बढाउनु पर्छ । न कि आगामी दिनमा यस्तो हर्कत कसैले नगरोस्। शव व्यवस्थापनमा अबरोध गर्दै गोरखाका स्थानीय उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाको शवबाट कोरोना नसर्ने कुरा बारम्वार बताउदै आएको छ। शनिवारको नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु भएकाको शवबाट कोरोना नसर्ने भन्दै आफ्नै रितिरिवाजअनुसार शव अन्त्येष्टि गर्न सकिने पनि बताएका छन् । ‘कोरोना संक्रमितको शव जमिनमा खाल्डो खनेर गाड्ने, जलाउने वा अन्य तरिकाले आफ्नै रितिरिवाजअनुसार व्यवस्थापन गर्न सकिन्छ,’ कोरोना संक्रमितबारे जानकारी दिने नियमित प्रेस बिफ्रिङमा शनिबार डाक्टर गौतमले भने, ‘मृत्यु भइसकेकोले श्वासप्रश्वासलगायत क्रियाकलाप गर्दैन। खोक्ने, हाछ्यु गर्ने र थुकका छिटाबाट कोरोना सर्ने हो जुन कार्य मृत्यु भइसकेकोले गर्दैन।’ उनले शवबाट कोरोना संक्रमण नहुने पनि बताए । तर शव व्यवस्थापन गर्दा भने सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । तसर्थ कोरोना संक्रमणबाट निधन भएकाहरुको परिवार तथा आफन्तलाई थप पिडा हुने गरि शव व्यावस्थापन गर्ने ठाउँमा अबरोध गरेर अमानवीयता प्रदर्शन गर्नु मानव सभ्यताकै कलङ्कपूर्ण काम हो। यस्तो कार्य जुनसुकै आधुनिक समाजको लागि लज्जाबोधको बिषय हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij