२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

घर न घाटका भए सिटिइभिटीका विद्यार्थी

घर न घाटका भए सिटिइभिटीका विद्यार्थी

गण्डकी टाइम्स
आइतवार, आषाढ २८ २०७७
गण्डकी टाइम्स
आइतवार, आषाढ २८ २०७७
  • सुजन खतिवडा (पाठकपत्र) विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण हाम्रो शिक्षा क्षेत्र तहसनहसको अवस्थामा पुगेको छ । कोरोना महामारीको जोखिम कम गर्न सरकारले गरेको लकडाउनको कारण चैत्र पहिलाे हप्तामै स्थगित भएको सिटिइभिटिको विभिन्न तहको परिक्षा स्थगित भएका छन् । हो, लकडाउनको कारण विभिन्न परिक्षाहरु त स्थगित भए तर सिटिइभिटीका विभिन्न निजि क्याम्पसले अनलाइन कक्षा  गराइरहदा सरकारी क्याम्पसले भने विद्यार्थीको खाेजि समेेेत गरेको छैन् । यसरी निजी क्याम्पसले विद्यार्थीको भविष्य बुझिरहदा सरकारी क्याम्पसकाे प्रशासन भने किन चुप छ ? आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई एक वर्ष शैक्षिक भार बड्दा ठुलो आर्थिक भार पर्न जाने निश्चित छ । साहुसंग ऋण काढेेर ब्याजमा पैसा लिएर पढिरहेका विद्यार्थी यतिबेला ठुलो मारमा परेका छन् । यस्तो अवस्थामा कलेज प्रशासन चुप बस्दा उनिहरुको भविष्य त अन्याैलपुर्ण छदैछ उता साहुकाे पैसाकाे व्याज झनै बढ्छ। मेराे आग्रह छ कि हामी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का विध्यार्थीहरुकाे भविष्यकाे बारेमा नि साेचि दिनुहाेला। गोरखा, गण्डकी गाउँपालिका-८

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij