नेपालको आवश्यकता : नेपाली समाजवाद
नेपालको आवश्यकता : नेपाली समाजवाद
गण्डकी टाइम्स
गण्डकी टाइम्स
उत्तम प्रसाद पन्त, अधिवक्ता
नेपाल दुई ठुला राष्ट्रकोविचमा उभिएको स्वतन्त्र, भौगोलीक अखण्डता, स्वधीनता, बहुजातीय, बहुभाषीक, बहुसांस्कृतीक भौगोलिक विवीधतायूक्त विशेषता भएको संसारको अलग्गै पहिचान बोकेको देश हो । जब नेपाल राज्यको एकीकरणको अध्याय समाप्त भयो र व्रिटीस सरकारसंग सन्धी सम्झैता गरेर आफ्नो सिमाङ्कनलाई अन्तराष्ट्रीय जगतमा स्थापित गरेर आएको कालखण्डबाट राज्य सत्तामा चलखेल र हानाथाप हुदैँ आएको कुरा इतिहासको पानाबाट प्रष्ट देखिन्छ । बहादुर शाहको पालादेखी राणा शासनको उदयसम्म थापाकाजी, पाडेकाजी लगायतको काटमार भएको कुरा इतिहासले प्रमाणित गरेको छ । अनि राणा शासनको उदय पश्चात राणाहरुको भाई–भाईमा सत्ताको लागी भएको कोत पर्व, भण्डारखाल पर्व लगायत कयौं घटनाले पुष्टी गरि सकेको छ ।
जब राणाशासनको अन्त्य भयो तव फेरी शाह राजाहरु र राजनैतीक दलकाविच आन्तरीक कलहले कहिल्यै पनि देशमा शान्तीपूर्वक एकै राजनैतीक व्यवस्थाको आधारमा देशमा शासन व्यवस्था कायम हुन सकेन । २००७ सालदेखी हालसम्म धेरैवटा संविधान बने, धेरै सरकार बने ति सबै अस्थिरता र अराजकताको विचबाटनै चलिरहे । २००७ को अन्तरीम संविधान, २०१५ को संवीधान, २०१९ सालको संविधान, २०४७ सालको संविधान, २०६३ सालको अन्तरिम संविधान र २०७२ सालको गणतान्त्रीक संविधान सबै जनताप्रती, देश प्रती उत्तरदायी रुपमा निर्माण भए तर तिनको कार्यन्वयन कहिल्यै पनि सही ढंगबाट हुन सकेन । यो नै नेपालको र्दुभाग्य हो । त्यसो हुनुमा नेपालमा बैदेशीक हस्तक्षेप र नेपालको राजनेताहरुमा आफ्नो देशको मुल्य मान्यतालाई चिन्न नसक्नु नै हो ।
हाल देशमा राजसंस्थाको अन्त भएको छ । देश पूर्ण रुपमा लोकातान्त्रीक छ । बहुदलीय र संघिय शासन पद्धतीको अवधारणामा संरचीत भएको छ । सानो देश छ । थोरै जनसंख्या रहेको छ । साच्चै भन्नु पर्दा प्रकृतीको सुनको डल्लो हो,नेपाल । तर राम्रो गहना बनाउने सुनारको असक्षमताले गर्दा त्यो सुनको डल्लो कुरुप भएर खेलौनाको रुपमा बस्नु पेरेको छ । नेपाली जनताले २०१५ सालमा बहुदलीय व्यवस्था २०१९ को संविधानले ३० बर्षको पंचायती एकल व्यवस्था, २०४७ को संविधानले संवैधानीक बहुदलीय व्यस्था र २०६३ सालको अन्तरीम संविधानले लोकतान्त्रीक व्यवस्था अनी २०७२ सालको संविधानले गणतान्त्रीक संघीय व्यवस्था सबै राजनैतीक व्यवस्थाको हुनी यती अनुभव लिइ सके । ति माथी उल्लेख गरेको संविधान अनुसार राजसंस्थाको सरकार, काङ्ग्रेसको सरकार, राजा र काङ्ग्रेसको सरकार, कम्युनिस्टको सरकार, राजा र कम्युनिस्टको सरकार, काङ्ग्रेस र कम्युनिस्टको सरकार, राजा, कम्युनिस्ट र काङ्ग्रेसको सम्मेलित सरकार संघीय शासन पद्धतीको सरकार सम्पूर्णमा नेपाली जनताले अनुभूती प्राप्त गरी सके । पूर्णबहुमतको सरकार, अल्पमतको सरकार, मिलीजुली दलीय भागभण्डामा भएको सरकार र दुईतिहाइले बनेको पूर्ण बहुमतीय सरकार सबैको क्षमता देश र जनताले प्राप्त गरि सके ।
विदेशीको सिको गरेर विदेशी नीतिमा आधारीत बनेर गरिएका राजनीतिक क्रियाकलाप नेपालको माटोमा असफल भएको छ भन्ने कुरा हालकाे स्थीतिमा देखिएको राजनीति समस्याले प्रमाणित गरी सकेको छ । दुइतिहाइको सरकारलाई एउटा विदेशी ढुङ्गाले तरङ्गीत गर्न सक्ने शासन व्यवस्थाको विकल्प खोज्न अब नेपाली जनताले बाध्य भएर सोच्नु पर्ने बेला आएको छ । जसरी नेपाल संसारमा विवीध भौगोलिक कारणले चिनीएको छ त्यसै गरी संसारको लागी राजनैतीक र शासकीय स्वरुपले पनि चिनीन आवश्यक छ । नेपालमा एक दलिय व्यवस्था पनी अफाप सिद्ध भएको छ र बहुदलीय संघीय व्यवस्था पनि अफापसिद्ध हुन खोजी रहेको कुरा प्रष्टै रुपमा देखिन्छ ।
त्यसैले अब नेपालको आफ्नै स्वरुपको लोकतान्त्रीक व्यवस्था स्थापना गर्न आवश्यक छ । जून संसारका देशहरुले नेपालबाट सिकुन् । २०७२ को संवीधानको बहुदलीय संघीय व्यवस्थामा भएको धारा १७ को २ (ग) को व्यस्थालाई संसोधन गरेर केवल दुई दलिय व्यवस्था गर्न मात्र आवश्यक छ । यदी दुई दल (१) सत्तापक्ष २ (२) प्रतिपक्ष मात्र रहने व्यवस्था हुने हो भने दलीय व्यवस्थामा भएका फुट र लुटको स्थीति समाप्त हुनेछ । साथै वैदेशिक शक्तीको कारणले हुने गरेको दल परीवर्तन, दलीय किनवेच र फुटको अराजकले निम्त्याएको अस्थीरतालाई समाप्त पारी दिनेछ । विदेशी शक्तीले साना दलहरुलाई बोकेर जुन खेल खेलेका हुन्थे र हुनेछ ति सबै खेलहरु समाप्त हुने छ । त्यसैले संविधानलाई संसोधन गरेर बहुदलीय व्यवस्था होइन दुई दलीय व्यवस्था बनाउन आवश्यक छ । दलको नाम एक सक्तापक्ष चाहे जेसुकैबाट राख्नु अर्को प्रतिपक्ष नाम जे सुकै राख्नु । त्यो व्यवस्था नै अवको टड्कारो रुपमा उब्जीएको छ ।
त्यस्तै संविधानको धारा ५६ मा भएको प्रदेशको व्यवस्था यति सानो देशलाई आवश्यकनै पर्दैन । उक्त धारा संसोधन गरेर प्रदेश सभा हटाउन अतिनै आवश्यक छन् । प्रदेशको संरचना ति विसाल राष्ट्र भारत, चीन, अमेरीका, अष्ट्रेलिया जस्ता देशहरुको जस्तो पृष्टभुमीलाई चाहिने हो । यती सानो र थोरै जनसंख्या भएको देशमा त्यो भिमकाय राजनैतीक संरचनाको कुनै आवश्यकता पर्दैन त्यसै कारण उक्त धारा संसोधन गरेर केन्द्रीय र स्थानिय तह मात्र राख्ने हो भने आर्थिक, सामाजीक र राजनैतिक सबै प्रकारले देशलाई प्रगतिको बाटो तर्फ लैजान मद्धत गर्दछ । अरुले घोडा चढ्यो भनेर आ“फु धुरी चड्ने उखान जस्तै बनेको छ । हालको संघीय व्यवस्था ।
यदी साच्चै नेपाल र नेपाली जनताको हित चाहाने हो भने अब नेपालमा नेपाली समाजवादको आवश्यक छ । त्यो भनेको दुई दलीय, दुई सदनात्मक प्रत्यक्ष-राष्ट्रिय, दुई तहको राजनैतीक व्यवस्थानै निर्वीकल्प हो। त्योनै आज नेपालको आवश्यक नेपाली समाजवाद हुनेछ । सदनबाट चुनिएर आएका व्यक्तिको शासकीय स्वरुप नेपाल जस्तो वैदेशिक हस्तक्षेप भएको मुलुकलाई सदैब खतराको घण्टी वजी रहने हुनाले त्यो स्वरुपलाई परीवर्तन गरी प्रत्यक्ष जननिर्वाचीत व्यक्ती जो जसलाई जनताले पठाएको छ त्यो नै पूर्ण रुपमा आफ्नो समयसम्म शासन गर्न सक्ने स्थीति बन्ने हुदा त्यसलेनै देशको दिर्घकालिन विकास र शान्तीको व्यवस्था प्राप्त गर्दछ ।
तसर्थ नेपाली समाजबाद विश्वको राजनैतिक आकाशमा चम्काउन वर्तमान संविधानलाई संसोधन गरेर वर्तमान राजनैतीक संकट समेत समाप्त पार्न र बैदेशीक हस्तक्षेपको अन्त्य गर्न दुई दलीय, दुईतहको प्रत्यक्ष कार्यकारीणी सरकारनै नेपालको आजको आवश्यकता हो। यसले मात्र नेपालमा असली समाजवाद स्थापना गर्न सकिन्छ ।
प्रतिक्रिया