२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

फोटो पत्रकार प्रदीप वन्तको ‘परदेशिको पिडा’ बजारमा (भिडियोसहित)

फोटो पत्रकार प्रदीप वन्तको ‘परदेशिको पिडा’ बजारमा (भिडियोसहित)

गण्डकी टाइम्स
आइतवार, कार्तिक २३ २०७७
गण्डकी टाइम्स
आइतवार, कार्तिक २३ २०७७
  • काठमाडौं, २३ कात्तिक । फोटो पत्रकार प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको ‘परदेशिको पिडा’ म्यूजिक भिडियोको कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् । म्यूजिक भिडियो लोकार्पाण गर्दै प्रमुख अतिथि आकाश अधिकारीले फोटो पत्रकार प्रदीपले हाम्रा नेपाली दाजुभाईको विदेशमा भोगेको दुःखलाई गीत संगीतको माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गरे । उनले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको ह्दय छुन सक्ने बताए । रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारीत गीतले हाम्रो समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ । नेपालीले खाडी मुलुकमा गरेको दुःख र उनीहरुले के कसरी पसिना बगाएका छन् भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ । खाडीमा मात्रै नभई अदक्ष नेपालीले जहाँ गएपनि दुःख मात्रै पाउने, राम्रो तलब तथा सेवा, सुविधा नपाउने अवस्थामा गीत र श्रव्य दृश्य सामग्रीले प्रस्तुत गर्ने जर्मको गरेको वन्तले बताए । गीतकार नवराज घिमिरेद्धारा रचित परदेशिको पिडा नामक गीत गायक विनोद दनुवारले गाएका छन् भने भिडियोमा फोटो पत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । हेर्नुस् भिडियो : https://www.youtube.com/watch?time_continue=94&v=LCo5hJkSpiY&feature=emb_logo

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij