नेपाल लाइफले ल्यायो तिहारको शुभकामान गीत (भिडियोसहित)
नेपाल लाइफले ल्यायो तिहारको शुभकामान गीत (भिडियोसहित)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २७ कात्तिक ।
झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा
नेपाल,
सगरमाथाझै उच्च छौँ हामी, मन छ राम्रो, हृदय
विशाल...। ’
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार सार्वजनिक गरेको तिहारको शुभकामना गीतबाट लिइएका शब्दहरु हुन् । यतिखेर तिहार नजिकिँदै गएको छ । नेपालीहरुको घर आँगन भिलीमिली बत्ती र फूलै फूलले रंगिदै छन् । यस्तै कथा वस्तुलाई समेटेर कम्पनीले तिहार शुभकामना गीत तयार गरेको छ ।
हिन्दुहरुको महान् चाड तिहारमा घरभित्रै बसेर भए पनि मनोरञ्जन लिन सकून् भनेर नेपाल लाइफको ‘इनहाउस टिम’ले मार्मिक र हृदयस्पर्शी शब्दहरुलाई संगीत संयोजन गरी यो शुभकामना गीत तयार गरेको हो । जसलाई म्यूजिक भिडियोमार्फत उत्कृष्ठ पस्कने प्रयास कम्पनीले गरेको छ ।
स्वर्गझैँ सुन्दर नेपालका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर स्वतन्त्र भएर नाच्दै गाउँदै सबै रमाऊँला जस्ता उत्प्रेरणा समेत यस गीतले दिनेछ । शुभकामना गीतले मनोरञ्जन प्रदान गर्नुका साथै तिहारको महिमा, बीमा सम्बन्धी सचेतनामा समेत ध्यान खिचेको छ ।
तिहार शुभकामना गीत मेघेन्द्रप्रकाश गिरीको हृदयस्पर्शी शब्द तथा रचनामा मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा कर्णप्रिय स्वर दिएका छन् ।
यस शुभकामना गीतमा संगीत मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको रहेको छ । त्यस्तै, अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन् ।
गीतमा मनोरञ्जन मात्र होइन, ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने प्रयास गरिएको छ । त्यसैगरी, नेपालका हिमाल, तराई र पहाडलाई समेट्दै झिलीमिली बत्तीले सारा नेपाललाई रंगाउन गीतमा उद्घोष गरिएको छ ।
आफू शिक्षित र समृद्ध हुन तथा सन्ततिको उज्ज्वल भविष्यका लागि नेपाल लाइफमै जीवन बीमा गरी सन्ततिको भविष्य पनि उज्ज्वल बनाउन उक्त गीतमार्फत सुझाइएको छ ।
त्यस्तै, हिमाल, पहाड, तराईदेखि नै नेपाल लाइफको झण्डा फहराई कर्मचारी, अभिकर्ता सबैले एक जुट भएर ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ अभियानलाई अघि बढाउँदै सेवा दिन पनि आह्वान गरिएको छ ।
हेर्नुस् भिडियो :
https://www.youtube.com/watch?v=qqdZOxcL4gg&feature=emb_logo
प्रतिक्रिया