२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेपाली ‘मास्टर बेकर’ गिरीले जिते डेनमार्कमा १९ लाख रुपैयाँ

नेपाली ‘मास्टर बेकर’ गिरीले जिते डेनमार्कमा १९ लाख रुपैयाँ

गण्डकी टाइम्स
शनिवार, मंसिर १३ २०७७
गण्डकी टाइम्स
शनिवार, मंसिर १३ २०७७
  • काठमाडौं, १३ मंसिर । डेनमार्कमा एक नेपाली युवाले एकलाख डेनिस क्रोनर अर्थात् १९ लाख नेपाली रुपैयाँ छात्रवृति पुरस्कार पाएका छन्।

    प्रत्येक वर्ष डेनमार्कको प्रख्यात एक संस्था एपी मुलर फाउन्डेन्सले प्रशिक्षार्थीलाई प्रदान गर्ने छात्रवृत्ति यस वर्ष नेपाली युवा सन्जिव गिरीले जितेका हुन्। माग भएको छात्रवृतिमा आवेदन दिँदै सहभागी गिरीले एकलाख डेनिस क्रोनर अर्थात् १९ लाख नेपाली रुपैयाँ पाए।

    यस वर्ष संस्थाले दुई विधामा सर्वोकृष्ट हुनेलाई पुरस्कृत गरेको थियो। बेकरी विधामा गिरीले पाए। अर्को बिधामा भने होम पेन्टिङमा उत्कृष्ट हुनेलाई दिइयो। सन्जिवले अन्तिम परीक्षामा उत्कृठ अंक प्राप्त गर्दै रजत पदक पाए। यो पुरस्कार पाउने डेनमार्कमा कार्यरत नेपालीमध्ये गिरी पहिलो व्यक्ति हुन्।

    उनले पाएको छात्रवृत्तिको रकमले युरोपकै फ्रान्समा गएर थप अध्ययन गर्ने गिरीले बताएका छन्। फ्रान्स बेकरीमा विश्वप्रख्यात छ।

    सावर डो ब्रेडको बारेमा एवं अर्टिसियन बेकिङको तालिम लिने र त्यहाँबाट सिकेको सीप डेनमार्क तथा स्वदेशमै उपयोग गर्ने र चाँडै नै नेपालमा बेकरी स्कुल सञ्चालन गर्ने उनले बताए।

    गिरीले भने ‘मैले यो पुरस्कार पाउँछु भनेको सोचेको पनि थिइन । म काम गर्ने कम्पनीले यस्तो छात्रवृतिको जानकारी दियो र म पढिरहेको जेड।बी।सी स्कुलले मलाई सिफारिस गरेर सहभागी भए । छात्रवृत्ति पाउँदा आफू धेरै नै खुसी भए।

    २०४२ सालमा काठमाडौंको नागार्जुन नगरपालिका रामकोटमा जन्मिएका गिरीले त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायबाट स्नातक गरेका थिए।

    गिरीले जेड.बी.सी रिङ्गस्टेडमा अध्ययन गर्दै टिवोलीको निम्ब र एन्डरसन बेकरीमा काम गर्दै सन् २०१९ मा बेकरीमा स्नातक गरेका छन्। गिरीले ११ वर्ष अघि होटल सोल्टी, सोल्टी होटल अन्तरगतै एलएसजी स्काई सेफ तथा होटल द्वारीकाजमा काम गरेका थिए।

    हाल उनी डेनमार्कको राजधानी कोपन हेगन एन्डरसन बेकरीमा २०१० देखि मास्टर बेकरको रुपमा काम गरिरहेका छन्।

    डेनमार्कमा नेपाली बेकरहरुको संख्या नगन्य मात्रै रहेको छ। एन्डरसन बेकरी जापानमा सन् १९५९ मा स्थापना भएको हो । २००८ मा यो कम्पनी डेनमार्कमा स्थापना भएको हो।

    यो बेकरी हाल विश्वभर फैलिएको छ भने डेनमार्कको टप टेन बेकरीको रुपमा परीचित छ। कोरोनाका कारण यस वर्ष डेनमार्ककी महारानीबाट पाउने रजत पदक भने अर्को वर्षको मार्चमा प्रदान गरिने छ। पुरस्कार रकम र प्रमाण प्रदान गरिसकिएको छ ।

    गिरी बेकरी सम्बन्धी उच्च शिक्षा अध्ययन गर्न सन् २०१० मा डेनमार्क पुगेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij