२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कवितासंग्रह ‘स्वाभिमान’ सार्वजनिक

कवितासंग्रह ‘स्वाभिमान’ सार्वजनिक

गण्डकी टाइम्स
बिहिवार, मंसिर १८ २०७७
गण्डकी टाइम्स
बिहिवार, मंसिर १८ २०७७
  • काठमाडौं, १८ मंसिर । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको नयाँ कवितासंग्रह सार्वजनिक भएको छ। उनले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उतारेकी छन्।

    ‘स्वाभिमान’ नाम दिइएको कविता संग्रहमा देश प्रेमको भाव झल्कने र वर्तमान समाजका विषयहरु पनि समेटिएको छ। उनले कवितासंग्रहलाई अपाङ्गता भएका बालबालिकालाई समर्पित गरेकी छन्।

    संग्रहमा समेटिएको सीता र भृकुटीको माटोमा भन्ने शिर्षकमा नेपाली नारीहरुमाथिको उत्पीडनलाई उतारिएको छ।

    यस्तै ‘कविता संग्रहको आवाज’ शीर्षक कविता कवि ज्ञवालीको आफ्नै अनुभव बयान गरेजस्तो लाग्छ। फरक शारीरिक अवस्थाकी छोरीलाई आफ्नो मातृत्व र स्नेहले हुर्काएको अनुभूति पनि कवितामा छ।

    कवि ज्ञवालीले कवितामा आफ्नो छोरीबाट आमाको सम्बोधन सुन्न लालायित भएको कठोर तृष्णा पनि व्यक्त गरेकी छन्।

    वि.सं २०१९ कार्तिक महिनामा पाल्पा जिल्लामा जन्मिएकी ज्ञवाली वापमन्थी आन्दोलनमा संलग्न थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij