अनिल चाम्लिङ हलेसी तुवाचुङ नगरपालिका–८, धितुङ
भगवान स्वयमको अगाडि बसेर सोध्न मन छ । सृष्टि कसरी चलेको छ ? एकफेर सोध्न मन छ । पावर अनि पैसा हुने हरुको यो स्वार्थी शहर मा, निदोषी र पीडितका ती आँसु बनेर सोध्न मन छ । बारबार एसिड प्रहार भइरन्छ पीडा कस्तो हुन्छ । प्रहार गर्नेलाई पनि एसिड छ्यापेर सोध्न मन छ । भ्रष्टाचार र अराजकता यो देशमा कहिले सम्म हो । अलिक केही गम्भीरतापूर्वक सोचेर सोध्न मन छ । सोझो सिधा मान्छेलाई जालझेल गरि ठग्ने हरुलाई, कस्तो हुन्छ ? म महा ठग बनी ठगेर सोध्न मन छ । जसले आफ्नो दुस्ख लाई मात्र दुख सम्झिन्छ नि, दुख के हो ? उसलाई पर्दा भागेर सोध्न मन छ ।