गायक बद्री सापकोटाको ‘गुन्द्री पराल’ बजारमा (भिडियोसहित)
गायक बद्री सापकोटाको ‘गुन्द्री पराल’ बजारमा (भिडियोसहित)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १८ पुस । गायक बद्री सापकोटाको म्यूजिक भिडियो बजारमा आएको छ । गाउँले परिवेशमा तयार पारिएको `गुन्द्री पराल’ नामको गीतको भिडियोमा मायाप्रेमको कुरालाई रोचक ढंगले समेटिएको छ ।
उक्त गीतमा सापकोटालाई गायिका पूर्णकला बिसीले साथ दिएकी छन् । मौलिक संस्कृति बोकेको गीतको भिडियोमा गोरु नारेर दायी गरेको देखाइएको छ ।
पछिल्लो पुस्तालाई पुरानो संस्कृति प्रति जानकारी लिने अवसरको रुपमा पनि भिडियोलाई हेरिएको गायक सापकोटाले बताए ।
त्यस्तै भिडियोमा लोमस शर्मा र आयुस्मा कार्कीको अभिनय रहेको छ भने गीतको निर्देशन स्मृति तिम्लिस्नाले गरेकी हुन् । गीतमा शब्द शम्भु सापकोटाको रहेको छ भने गीत आशिष म्युजिकले बजारमा ल्याएको हो ।
हेर्नुस् भिडियो :
https://www.youtube.com/watch?v=LeZjMykCoTk&feature=emb_logo&ab_channel=AshishMusicOfficial
प्रतिक्रिया