२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

लक्ष्मी बैंकको स्मार्ट फोन कर्जा सुरु

लक्ष्मी बैंकको स्मार्ट फोन कर्जा सुरु

गण्डकी टाइम्स
बुधवार, फाल्गुण ५ २०७७
गण्डकी टाइम्स
बुधवार, फाल्गुण ५ २०७७
  • काठमाडौं, ५ फागुन । लक्ष्मी बैंकले पहिलोपटक सोही बैंकका बचतकर्ताका लागि स्मार्ट फोन कर्जा सेवा सुरु गरेको छ । एफ् वान सफ्टवेयरसँगको सहकार्यमा बचत कर्ताले दुई लाखसम्मको कर्जा लिन सक्नेछन् ।

    कर्जा प्राप्त गर्नका लागि कुनै प्रकारको धितोको आवश्यकता छैन । ऋणीले कर्जा प्राप्त गर्नका लागि बचतकर्ताले बैंकसँग गरेको कारोवारका आधारमा कर्जा उपलब्ध गराइने छ । कर्जाको अवधि ३० दिनसम्मका लागि निर्धारण गरिएको छ ।

    कर्जाको माग डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदन बिना नै लिन सकिन्छ । कर्जा पूर्व स्वीकृत हुने हुँदा कर्जाको रकम सिधै बचतकर्ताको खातामा जम्मा गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij