२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

गायक बद्री पंगेनीको नयाँ गीत ‘बिर्सियौ’ (भिडियोसहित)

गायक बद्री पंगेनीको नयाँ गीत ‘बिर्सियौ’ (भिडियोसहित)

गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण १४ २०७७
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण १४ २०७७
  • काठमाडौं, १४ फागुन । गायक बद्री पंगेनीले नयाँ लोकगीत सार्वजनिक गरेका छन्।  बिर्सियौ बोलको गीत उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।

    पंगेनीलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन्। रेविन परियार, सुनितामी परियार, राजेश बर्देवा र तिलक बस्नेतले सामूहिक कोरस गाएका छन्।

    गीतको शब्द र संगीत पंगेनीको नै रहेको छ। गीतको भिडियोमा भने सुनिल क्षेत्री र प्रिया अधिकारीलाई देख्न सकिन्छ। सुनिल आफैंले भिडियोको निर्देशन गरेका हुन्। भिडियो छायांकन भने ज्ञानेन्द्र शर्मा हुमागाइँले गरेका छन्। भिडियो करिब ११ मिनेटको बनाइएको छ।

    [youtube https://www.youtube.com/watch?v=k5dEv4JJur4]

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij