काठमाडौं, १५ वैशाख । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार रुपैंयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।