२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी खसाल्न सुरु

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी खसाल्न सुरु

गण्डकी टाइम्स
बिहिवार, बैशाख १६ २०७८
गण्डकी टाइम्स
बिहिवार, बैशाख १६ २०७८
  • काठमाडौं, १६ वैशाख। राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङमा पानी खसाल्ने कामको शुुभारम्भ गरिएको छ ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेबाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले आज संयुक्त रुपमा पानी पठाउने कार्यको शुभारम्भ गरेका छन ।

    देशको गौरव स्वदेशी लगानीको सबैभन्दा ठूलो र आधुनिक नेपालको महत्वपूर्ण आयोजनाबाट विद्युत उत्पादन गर्ने अवस्थामा पुग्नु आफैमा सुखद कुरा हो ।

    दोलखाको लामावगरमा रहेको ४५६ मेघावाट विद्युत् क्षेमताको आयोजना हालसम्मकै सवैभन्दा ठूलो लगानीको परियोजना पनि हो ।

    समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने कोशेढुङ्गा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशय, बाँध, इन्टेक र अन्य संरचनाहरुको मन्त्रीद्वयले अवलोकनसमेत गरेका छन् ।

    यसै अवसर पारेर लामाबगरको गोंगरस्थित विद्युत गृहको पनि अवलोकन गरेका छन ।

    केहीदिनभित्रै उक्त आयोजनाबाट विद्युत उत्पादन कार्य हुने र त्यसको शुुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

    यस आयोजनाको सुरुङमा पानी खसाल्ने कार्यको शुभारम्भ उर्जामन्त्री टोपबहादुर रायमाझीसमेत जाने कार्यक्रम थियो । तर कोरोना संक्रमणका कारण रायमाझी जान सकेनन् ।

    यसैबीच, मन्त्रीद्धयले चीन जोड्ने लामाबगर–लप्ची सडकको सूरुङ मार्ग बनाउने स्थलको पनि निरीक्षण गरेका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij