काठमाडौं, २१ वैशाख । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।