गुलामीतन्त्र मूर्दावाद
गुलामीतन्त्र मूर्दावाद
गण्डकी टाइम्स
गण्डकी टाइम्स
वैरागी जेठा
सम्वेदनशीलतासँगै, मानवता हराएको छ
यतिबेला
कटुसको हाँगामा झुण्डिएको छ
नीतिको शन्देश
मानिस भित्रको मानिस छैन
ग्रीष्मको आँगनमा
गुलामीहरु अघिबढिरहेछन्
सिँहदरबारका ढोकातिर
चेतनाका संघार बन्दछन्
स्नायु विक्षिप्त छ
महामारीमा भत्तेर खाएर
गुलामीहरु रत्यौली खेलिरहेछन्
आज
मृगजस्ता मान्छेहरु मरिरहँदा
सत्ताहाँसिरहेछ
देवताहरु काँपीरहेछन्
अस्पतालका खाटहरुमा
खाटहरु हराइरहेकाछन्
भूँइमा लडिरहेछन् ,अक्सिजनको पर्खाइमा
सूर्य धिपधिप गरिरहेछ
पाशाड.कुशधरहरु
डम्फू बजाइरहेछन्
मध्यशहरमा
भेष बदलेर
गुलामीहरु चेस गरिरहेछन्
हजारौ हजार मान्छे छट्पटाइरहेछन्
उनीहरु सभ्यता फोडेर
जंगलीराज गरिरहेछन्
त्यसैले म भन्छु
गुलामी तन्त्र मूर्दावाद ।
प्रतिक्रिया