साहित्यकार बानिरा गिरीको निधन
साहित्यकार बानिरा गिरीको निधन
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १० जेठ । कवि तथा उपन्यासकार बानिरा गिरीको निधन भएको छ। तीन हप्ताअघि कोरोना संक्रमित भए पनि उनको हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले बताएको छ।
आइतबार राति १० बजे नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा पुर्याएको केहीबेरमा लेखक गिरीलाई चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ। तीन वर्षदेखि अल्जाइमर्स रोगसँग लडिरहेकी लेखक गिरी ७५ वर्षकी थिइन्।
भारतको खर्स्याङ, दार्जिलिङमा जन्मेकी उनका कारागार र निर्बन्ध उपन्यास चर्चित छन्। २०२२ सालमा प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा सहभागी हुन खर्स्याङबाट नेपाल आएकी थिइन्। सो प्रतियोगिता उनको कवितामा दोश्रो स्थान प्राप्त गरेकी उनको पहिलो कविता संग्रह ‘एउटा ज्यूँदो जंगबहादुर’ हो।
ुशब्दातीत शान्तनुु कविता संग्रहबाट उनले २०५६ को साझा पुरस्कार पाएकी थिइन्। उनी सो पुरस्कार प्राप्त गर्ने पहिलो महिला लेखक हुन्।
बानिरा गिरीका श्रीमान्, एक छोरा र एक छोरी छन्।
प्रतिक्रिया