२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक (सूचीसहित)

अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक (सूचीसहित)

गण्डकी टाइम्स
बुधवार, आषाढ १६ २०७८
गण्डकी टाइम्स
बुधवार, आषाढ १६ २०७८
  • काठमाडौं, १६ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेको छ । यसअनुसार प्रतिसाता कुल २१ अन्तर्राष्ट्रिय उडान हुने छन् । यो तालिका पछिल्लो पटक मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका आधारमा तय गरिएको हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको छ । कोरिया र चीनबाट भने अझै वायुसेवा कम्पनीले उडानको अनुमति मागेका छैनन् । अन्य गन्तब्यमा भने सातामा कुल २१ उडानको अनुमति दिइएको छ । अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुबै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन् । नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ । कोरिया, टर्की, कुवेत र ओमान नेपाली वायुसेवा कम्पनी नजाने गन्तब्य हुन् ।
    यस्तो छ तालिका

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij