२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

काठमाडौंमा आजबाट अष्ट्राजेनेकाको दोस्रो डोज

काठमाडौंमा आजबाट अष्ट्राजेनेकाको दोस्रो डोज

गण्डकी टाइम्स
सोमवार, कार्तिक ८ २०७८
गण्डकी टाइम्स
सोमवार, कार्तिक ८ २०७८
  • काठमाडौं, ९ कात्तिक । काठमाडौं महानगरपालिकाका आठवटै नगरपालिकामा आज कोरोनाविरुद्धको अष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै छ । पहिलो मात्रा लगाएका १८ वर्ष माथिका नागरिकहरुलाई आज दोस्रो मात्रा लगाउन लागिएको हो ।

    काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा अष्ट्राजेनेकाको दोस्रो डोज लगाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    काठमाडौं महानगरपालिकाको हकमा बीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति अस्पताल, निजामती कर्मचारी अस्पताल ९सिभिल अस्पताल०बाट पनि खोप लगाउन सकिने छ ।

    यी अस्पतालहरुमा आज र भोलि दुई दिन खोप कार्यक्रम राखिएको छ । पालिकाले तोकेका खोप केन्द्रहरुमा भने आजबाट तीन दिनसम्म खोप कार्यक्रम सन्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको दोस्रो मात्रा लगाउन जाँदा पहिलो मात्रा खोप लगाउँदा दिइएको खोप कार्ड बोक्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij