२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

चीनबाट आइपुग्यो १० लाख डोज खोप

चीनबाट आइपुग्यो १० लाख डोज खोप

गण्डकी टाइम्स
बुधवार, कार्तिक १० २०७८
गण्डकी टाइम्स
बुधवार, कार्तिक १० २०७८
  • काठमाडौं, १० कात्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आएको छ । आज बिहान ९ बजे उक्त खोप त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

    स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ । सोही सम्झौँताको पहिलो लट आज आएको हो । उनले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो लटको खोप भएको बताएका छन ।

    विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले आएको खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखि आवश्यकता अनुसार वितरण गर्ने योजना रहेको बताएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij