२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

आज निको हुने भन्दा संक्रमितको संख्या धेरै

आज निको हुने भन्दा संक्रमितको संख्या धेरै

गण्डकी टाइम्स
बुधवार, कार्तिक १० २०७८
गण्डकी टाइम्स
बुधवार, कार्तिक १० २०७८
  • काठमाडौं, १० कात्तिक । पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४९० रहेको छ भने संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०२ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij