२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार

गण्डकी टाइम्स
बुधवार, पौष १४ २०७८
गण्डकी टाइम्स
बुधवार, पौष १४ २०७८
  • काठमाडौं, १४ पुस । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । नेप्से परिसूचक आज ५.५१ अंकले बढेर बन्द भएको छ । कारोबार सुरू भएदेखि घट्न थालेको नेप्से अन्तिममा सुधारिएर बन्द भएको हो ।

    कारोबार सुरु भएको ३० मिनेटसम्म घटेर २५ सय १३ अंकमा आइपुगेको थियो । त्यसपछि बढेर २५ सय ३८ अंकमा पुगे पनि फेरि घट्दै २५ सय २४ अंकमा पुगेर रोकियो । यसक्रममा तीन अर्ब ६२ करोड रूपैयाँ बराबरको ५६ लाख ३८ हजार कित्ता सेयर किनबेच भयो ।

    नेप्सेमा सामान्य सुधार आएपनि आज कारोबार भएकामध्ये पाँच समूहमा गिरावट आएको छ । व्यापार, विकास बैंक, वित्त, जीवन बीमा र लगानी समूहमा गिरावट आएको हो । यीबाहेक अन्य समूहमा भने सुधार आएको छ । आज निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २५१ अंकको सुधार आएको छ ।

    आज मध्य भोटेकोसी जलविद्युत आयोजना र नेपाल बंगलादेश बैंकको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ । नबिल बैंकसँग मर्जरमा जान लागेको हल्लापछि बंगलादेश बैंकको सेयर मूल्य उकालो लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij