२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

दोहोरो अंकले बढ्यो शेयर बजार

दोहोरो अंकले बढ्यो शेयर बजार

गण्डकी टाइम्स
बिहिवार, माघ ६ २०७८
गण्डकी टाइम्स
बिहिवार, माघ ६ २०७८
  • काठमाडौं, ६ माघ । साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार दोहोरो अंकले घटेको बजार बिहीबार ३२.९६ अंकले बढेर २९ सय ३१.२६ को बिन्दुमा पुगेको हो ।

    बढेको बजारमा पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने २५ करोडले घटेको छ । आज २२९ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो । बुधबार ६ अर्ब २ करोडको शेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम ५ अर्ब ७७ करोड ३१ लाख मात्रै छ ।

    बिहीबार कारोबारमा आएका १३ उपसमूह मध्ये बैकिङ र म्युचलफण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । आज आईएमई जनरल इनस्योरेन्स कम्पनी बजारमा धेरै खरिद बिक्री हुने सेयरमा दरियो । आज उक्त कम्पनीको सेयर खरिद बिक्री २२ करोड भन्दा धेरै रह्यो ।

    आज मैलुङदखोला र तेह्रथुप पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किटलागेको थियो । समग्र बजारमा जलबिद्युत कम्पनीका लगानीकर्ताले उच्च लाभ प्राप्त गरे । आईसीएफसी फाइनन्यानस कम्पनीको डिभेन्चरको मूल्यमा आज ४ अंकको गिरावट आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij