२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

लोकदोहोरीे गायिका पुजा क्षेत्रीको नयाँ कोशेली “निदमा झुल्याछु” सार्वजनिक (भिडियो सहित)

लोकदोहोरीे गायिका पुजा क्षेत्रीको नयाँ कोशेली “निदमा झुल्याछु” सार्वजनिक (भिडियो सहित)

गण्डकी टाइम्स
शनिवार, माघ ८ २०७८
गण्डकी टाइम्स
शनिवार, माघ ८ २०७८
  • काठमाडौँ । चर्चित गायिका पुजा क्षेत्रीले नयाँ लोकदोहोरीे कोसेली “निदमा झुल्याछु” लिएर आएकी छिन् । उक्त गीतमा आफ्नै लय तथा शब्दमा, शिब बिकको निर्देशनमा शिब न्यौपानेले छाँयाकन तथा राजेश कुमारको सम्पादन रहेको उक्त म्यूजिक भिडियोमा मोडलहरु दिपासा विसी, बविन सिंह ठकुरी, सञ्चिता शाही, सुजन बाबु क्षेत्री, रितु तामाङ, प्रबेश सिंह, चित्रा पुन, पुजा क्षेत्री र सन्तोष मग्रातीको धमकेदार नृत्य प्रस्तुती रहेको छ । सदाबहार लोकदोहोरी गायक राजु परियार र गायिका पुजा क्षेत्रीको आवाजमा रहेको नयाँ लोक दोहोरी गीत “निदमा झुल्याछु” पुजा क्षेत्री युटूव च्यानलबाट (भिडियो सहित) सार्वजनिक भएको हो । सुर्खेतमा जन्मिएकी पुजा क्षेत्री हाल काठमाडौंमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । समकालीन कलाकार भन्दा फरक देखिन रुचाउने गायिका क्षेत्रीले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष सन्देश पस्कने गर्दछिन् । सुन्दरी गायिकाको रुपमा परिचित क्षेत्री गायनमा मात्र होइन, मोडलिङमा पनि उत्तिकै जम्छिन । उनले १९ वटा भन्दा बढि एल्बम बजारमा आईसकेको छ भने ३२ भन्दा बढि गीतहरुमा आवाज दिईसकेकी छिन् । उनले खेम सेञ्चुरी सँग गाएको तिम्रो माया जुग जाने खालको बोलको गीत पनि चर्चामा रहेको थियो । लोक संस्कृतिलाई जगेर्ना र संरक्षण गर्नको लागि आफूले मौलिक लोकदोहोरीे गीतलाई प्राथमिकता दिदै आएकोले सांगीतिक यात्रामा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई निरन्तर अघि बढाउने योजना रहेको बताउछिन् । हेर्नुस् भिडियो : https://www.youtube.com/watch?v=Xf-F2Sh81uM  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij