२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

गण्डकी टाइम्स
आइतवार, माघ ९ २०७८
गण्डकी टाइम्स
आइतवार, माघ ९ २०७८
  • काठमाडौं, ९ माघ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबार खुला भएको केही समय दोहोरो अंकले बढेको बजार दिनभरको तीव्र उतारचढावपछि घटेर बजार बन्द भएको हो ।

    नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर दुई हजार ९२० दशमलव ५१ अंकमा झरेको छ । कारोबार रकम भने सात अर्ब माथि नाघेको छ । दिनभर भएका एक करोड ४७ लाख चार हजार २७७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम सात अर्ब तीन करोड आठ लाख आठ हजार २६२ रुपैयाँ पुगेको छ ।

    बजार घटे पनि आइतबार केही कम्पनीहरूको शेयर मूल्य राम्रै बढेको छ । शेयर मूल्य धेरै बढ्नेमा विन नेपाल लघुवित्त देखिएको छ । जसको शेयर मूल्य १० प्रतिशतले बढेर ९१४ रुपैयाँ १० पैसा पुगेको छ । धेरै शेयर मूल्य बढ्ने दोस्रोमा बुद्धभूमी हाइड्रोपावर र तेस्रो नम्बरमा मैलुङ खोला हाइड्रोपावर देखिएका छन् । जसको शेयर मूल्य करिब १० प्रतिशतले बढेर क्रमशः ३४८ रुपैयाँ १० पैसा र ६०३ रुपैयाँ ५० पैसामा पुगेको छ ।

    धेरै शेयर मूल्य बढ्नेमा चौथो नम्बरमा भने ग्लोबल आइएमई बैंक देखिइएको छ । ग्लोबल आइएमईको शेयर मूल्य आइतबार ६.७४ प्रतिशतले बढेर ३६४ रुपैयाँमा पुगेको छ भने ज्योति लाइफ इन्स्यारेन्सको शेयरमूल्य ६.६९ प्रतिशतले बढेर ७०५ रुपैयाँ २० पैसा पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij